रेडस्टारमा सन्दीप क्षेत्रीको जीवनको लागि हाँसो कार्यक्रम

0
23

पथरीशनिश्चरे ।

नेपालका पहिलो स्ट्याण्ड–अप कमेडियनको रूपमा सुपरिचित हाँस्य कलाकार सन्दीप क्षेत्रीले पथरीको रेडस्टार स्कुल र ऋतम्भरा बहुमुखि क्याम्पसद्वारा आयोजित जीवनको लागि हाँसो कार्यक्रम मार्फतआफ्नो बेजोड प्रस्तुति दिएका छन्।

कार्यक्रममा कक्षा ११, १२ र बीबीएसका विधार्थीहरुलाई उनले उत्प्रेरणा प्रदान गरेका थिए । विद्यार्थीहरूलाई करियर निर्माण सम्बन्धी विशेष उत्प्रेरणा दिनुहुँदै उत्प्रेरक कलाकार क्षेत्रीले दृढ संकल्पका साथ निरन्तर अभ्यास लागिरहे मात्रै हरेक कुरामा सफलता प्राप्त हुने उत्प्रेरणा जगाएका थिए।

कार्यक्रमको पहिलो सत्रमा इलाका प्रहरी कार्यालय पथरीका डीएसपी मोहनविक्रम दाहालले लागुपदार्थ दुर्व्यसनी तथा साइबर क्राइम न्युनीकरण सम्बन्धि सचेतनामूलक कार्यक्रम प्रस्तुत गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here