विमल दहाल, माई ।
इलामको माई नगरपालिकाका जनप्रतिनिधिका लागि क्षमता अभिवृद्धिसम्बन्धी तीन दिवशीय तालिम आज (आईतबार) बाट शुरु भएको छ ।
सहयात्रा नेपालको आयोजना, टेवा काठमाण्डौको आर्थिक सहयोग र माई नगरपालिकाको समन्वयमा वातावरण संरक्षण तथा जलवायु परिवर्तन सम्बन्धी ३ दिवशिय क्षमता अभिवृद्धि तालिम शुरु भएको हो ।
तालिममा जलबायु परिवर्तन र यसको असरका वारे जानकारी, स्थानीय स्तरमा जलवायु परिवर्तनले पारेको समस्या पहिचान र स्थानीय सरकारले आफ्नो नीति तथा योजनामा जलवायु परिवर्तनका न्युनिकरणका लागि के गर्ने भन्ने उद्देश्य सहित सञ्चालन रहने आयोजक संस्थाका सल्लाहाकार समेत रहनु भएका सहजकर्ता राम रिमालले बताउनु भयो।
तालिम उद्घाटन सत्रमा प्रमुख अतिथि माई नगरपालिका प्रमुख खम्बा सिं लिम्बुले महाशक्ति राष्ट्रहरूबाट जलवायु परिवर्तनमा असर भईरहेको, त्यसको चपेटा र असरमा हाम्रो जस्ता भूपरिवेष्ठित राष्ट्रका नागरिक परिरहेको बताउनुहुँदै कार्बन विसर्जनका लागि केहि सहयोग प्राप्त रहे पनि दीर्घकालीन असर भने रहिरहेको जनाउनु हुदै उत्पत्तिकालदेखि भए रहेका प्रकृतिक श्रोतको संरक्षण सम्बर्धन गर्नुपर्ने वताउनु भयो।
मेयर लिम्बुले माई नगरपालिकाको दृष्टान्त प्रस्तुत गर्दै आफुले थाहा पाउँदा ४१ वर्ष अगाडि ७५ प्रतिशत घना वनजङ्गल रहेकोमा वन फडानी भई हाल २५ प्रतिशत मात्र रहेको अवस्थाले जलवायु परिवर्तनमा असर पुगेको बताउनुभयो। वहाँले वनविनाश रोक्न र वातावरण संरक्षण गर्ने कार्यमा लाग्न आवश्यक रहेको जानकारी दिनुभयो।
कार्यक्रममा उपमेयर हिमा भण्डारी, प्रमुख प्रशासकिय अधिकृत महेन्द्र विश्वकर्मा, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, नगर सभाका सदस्य सहित सव डिभिजन वन कार्यालय सुखानीका प्रमुख, कर्मचारी, सामुदायिक वन समुहका प्रतिनिधि, कर्मचारी, पत्रकार लगायत ६५ जनाको सहभागीता रहने आयोजकले जनाएको छ।
आयोजक संस्थाका अध्यक्ष हेम कुमारी शिवा (गंगा)को अध्यक्षता र माई नगरपालिका प्रशासकिय अधिकृत लक्ष्मण भुर्तेलको सञ्चालन रहेको तालिममा सहयात्रा नेपाल इलामका सल्लाहकार राम रिमाल र दावा तेन्जि योल्मुले सहजीकरण गर्नु हुने वताईएको छ।