मेचीमहाकालीद्वारा बिर्तामोड र कमलका दुई परिवाललाई सहयोग

0
52

कमल ।

मेची–महाकाली बुहारी संयुक्त आवाजद्वारा बिर्तामोडको एक परिवारलाई खाद्यान्न सहयोग र कमलको आगलागी पिडित परिवाललाई राहात वितरण गरेको छ । झापाको बिर्तामोड ७ निवासी गणेश मगरलाई सात हजार रुयैया बराबरको खाद्यान्न सामाग्री र न्यानो कपडा प्रदान गरेको हो ।

आर्थिक अवस्था कमजोर भएको मगरकी श्रीमती प्रेमाकुमारी सार्कीको सुत्केरी भएका कारण मृत्यू भएको र नाबालक ननिको समेत मृत्यु भएको ७ औं दिनको पुण्य तिथिको अवसरमा मगर परिवारको घरमा पुगेर खाद्यान्नका साथै १० र ३ वर्षको छोरा र १४ महिनाकी छोरीलाई न्यानो कपडा वितरण गरेको मेचीमहाकाली बुहारी संयुक्त आवाज की केन्द्रिय अध्यक्ष चन्द्रकला काफ्लेले बताईन् ।

मगर परिवारलाई खाध्यान्न र न्यानो कपडा वितरणको संयोजना सामुदायीक वनका अध्यक्ष बद्री प्याकुरेलले गर्नु भएको थियो । त्यसैगरी कमल गाउँपालिका ५ सितापुरीमा केहि दिन अगाडि आगलागीका कारण क्षति भएको परिवारलाई समेत आर्थिक सहयोग उपलब्ध गराएको छ ।

कमल ५ निवासी मनिका राईलाई १५ हजार तीन सय ५५ र र्पिकी राईलाई पाँच हजार गरी जम्मा २० हजार तीन सय ५५ रुपैयाँ प्रदान गरेको समेत मेचीमहाकाली बुहारी संयुक्त आवाज कमल गाउँपालिकाकी संयोजक चन्द्रकला सुब्बाले बताईन् ।

संस्थापक अध्यक्ष यमन शर्मा सुब्बाको परिकल्पनाका स्थापना गरिएको संस्था विस्तार हुँदै आज सामाजिक सञ्जाल मार्फत ५७ जिल्ला सम्म विस्तार गरिएको मेचीकाली बुहारी संयुक्त आवाजले आफ्नो खाजा खर्च कटाएर जम्मा गरेको रकम बाट विभिन्न समस्यामा परेका व्यक्तिलाई सहयोग गर्दै आएको मेचीमहाकाली बुहारी संयुक्त आवाजकी झापा जिल्ला अध्यक्ष गंगा भट्टराईले जानकारी दिईन् ।

कार्यक्रममा सहसंयोजक रोशनी खनाल,सचिव रिना राई र सदस्य निर्मला नेपालको उपस्थिती रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here