बिर्तामोडमा ‘पेन क्लिनिक’

0
28

गोपाल अधिकारी,
बिर्तामोड ।

झापाको बिर्तामोडमा दुखाइ सम्बन्धी उपचार गर्न सकिने पेन क्लिनिक सञ्चालनमा आउने भएको छ ।

पेन मेडिसिनमा विशेषज्ञता हासिल गरेका दक्ष चिकित्सकहरूबाट विशेष उपचार गरी विभिन्न प्रकारका दुखाइबाट आजित बिरामीहरूलाई सहजता प्रदान गरी जीवनयापनमा सहयोग प्राप्त हुने उद्देश्यका साथ क्लिनिक सञ्चालन हुन लागेको पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

अस्पतालमा तीन महिनाभन्दा लामो दुखाइ भोगिरहेका बिरामीहरू जस्तै नशा, मांसपेशी, हाडजोर्नी, टाउको दुखाइ, मेरुदण्ड, खेलकुदमा चोटपटक लागि घाउ निको भए पनि शरीरको विभिन्न भागमा रहने दुखाइ तथा क्यान्सरको दुखाइ भएका बिमारीहरूलाई सहजता प्रदान गर्न बिना अप्रेशन आधुनिक प्रविधिबाट उपचार गरिने जानकारी दिइयो ।

जटिल रोगहरू जसको अप्रेशन पनि हुन नसक्ने र औषधिले काम नगरेका बिरामीको दुखाइ सम्बन्धी दीर्घकालीन रुपमा रोग पत्ता लगाएर उपचार गरी स्वस्थ जीवन जिउन सहयोग प्राप्त हुने बताइएको छ ।

विज्ञ डाक्टरहरू डा. पुष्कर रेग्मी डा. निरु नेपाल, डा. मुस्कान श्रेष्ठ, डा. प्रवीन सापकोटाको सक्रिय टिमले सेवा प्रदान गर्ने पत्रकार सम्मेलनमा जानकारी दिइयो । कोशी प्रदेशमै पहिलो क्लिनिकको रूपमा सञ्चालनमा आउन लागेको यो क्लिनिक आगामी माघ २६ गते शनिबार बिर्तामोड–१ बिर्तासिटी अस्पताल अगाडिबाट सञ्चालनमा आउने डाक्टर रेग्मीले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here