पथरीशनिश्चरेमा ‘सार्वजानिक सुनुवाई’

0
36

पथरी शनिश्चरे,

पथरी शनिश्चरे नगरपालिकाको आयोजनामा सार्वजानिक सुुनुवाई कार्यक्रम सम्पन्न भएको छ । आइतबार वडा नं. ५ र ६ स्थित हसन्दह बजारमा सार्वजानिक सुनुवाई कार्यक्रम सम्पन्न भएको।
उक्त कार्यक्रममा स्थानीय जनताहरूले उठाएका सवालहरू माथि विभिन्न सरोकारवाला व्यक्ति जनप्रतिनिधि र कर्मचारीहरुले जवाफ दिनुभएको थियो।

उक्त अवसरमा पथरिशनिश्चरे नगरको विकास निर्माण, स्वास्थ्य, शिक्षा र कृषिसँग सम्वन्धित सवालहरु उठेका थिए । नगर प्रमुख मोहन प्रसाद तुम्वापोको अध्यक्षतामा भएको सो कार्यक्रममा नगरवासीको उल्लेख्य मात्रामा उपस्थिति रहेको थियो । सो कार्यक्रममा उठेका सवालहरु जवाफ नगर प्रमुख मोहन प्रसाद तुम्वापो, प्रमुख प्रशासकीय अधिकृत शशि राई र स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्य जवाफ दिनुभएको थियो ।

प्रमुख प्रशासकीय अधिकृत राईले सुझावका रुपमा आएका शव वाहनमा स्टेचर, माला झुन्ड्याउने रड र हसन्दह बजारमा लाइट , डस्बिन, विपन्नको फुसको छानो हटाउने अभियान तुरुन्त गरिने प्रतिवद्धता जाहेर गर्नुभयो ।

यसैगरी नगर प्रमुख मोहन प्रसाद तुम्वापोले नगरपालिकामा सम्पन्न भएका र हुन बाँकी विकास योजनाहरुलाई ताकेता गरिरहेको बताउनुहुँदै अधुरा कामहरु छिट्टै पूरा गर्ने बताउँदै समग्र नगरका विषयमा आफू गंभिर भएर लागिपरेको सुझाउनुभयो ।

सार्वजानिक सुनुवाई कार्यक्रम नगर उप–प्रमुख देविमाया काफ्ले, वडाध्यक्षहरु क्रमश: भीम राई, नैना राई, लोककिरण न्यौपाने, चेतेन्द्र खड्का, वडा नं. ३ का कार्यवाहक अध्यक्ष चन्द्रप्रकाश चेम्जोङ, वडा नं. ६ का कार्यवहक अध्यक्ष विष्णुकुमार लिम्बु, नगरपालिकाका शाखा प्रमुखहरु, राजनीतिक दलका प्रतिनिधिहरु, शिक्षक , बुद्धिजिवीहरु लगायतको उपस्थिति थियो ।

नगरको सार्वजानिक सुनुवाई कार्यक्रम यसभन्दा अघि पथरी शनिश्चरे वडा नं. ९ को शनिश्चरे बजार, वडा नं. ४ र ७ को किर्तिपुर बजारमा गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here