अमित खम्बू,
अर्जुनधारा ।

गत आर्थिक वर्ष २०८०/०८१मा अर्जुनधारा नगरपालिकाको यथार्थ आय ८५ करोड ६५ लाख नौ हजार सात सय ४३ रुपैयाँ ८० पैसा रहेको छ ।
अर्जुनधारा नगरपालिकाको मंगलबारबाट शुरु भएको नगरसभाको १६औं नियमित अधिवेशनमा उपप्रमुख एवम् बजेट तथा कार्यक्रम तर्जुमा समितिकी संयोजक खड्गमाया पराजुलीद्वारा चालु आर्थिक वर्ष २०८१÷०८२को स्वीकृत वार्षिक बजेट, नीति तथा कार्यक्रमको अर्धवार्षिक प्रगति समिक्षा प्रतिवेदनमा एवम् संशोधित कार्यक्रममा उक्त आय उल्लेख गरिएको छ ।
अघिल्लो अधिवेशनमा नगरपालिकाको संशोधित आय ९९ करोड ६९ लाख २१ हजार छ सय ४४ रुपैयाँ रहेको थियो । त्यसैगरी सोही आर्थिक वर्षमा संशोधित खर्च ९३ करोड ८१ लाख ७४ हजार आठ सय ९४ रुपैयाँ रहेकोमा यथार्थ खर्च ८१ करोड दुई लाख ३५ हजार नौ सय एक रुपैयाँ एक पैसा उल्लेख गरिएको छ ।

जसअनुसार विषयगत तथा क्षेत्रगत कार्यक्रम अन्र्तगतको कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चतर्फ १५ करोड ५७ हजार एक सय ७८ रुपैयाँ सात पैसा, पूर्वाधार विकासतर्फ २१ करोड ६२ लाख ८० हजार ७६ रुपैयाँ १६ पैसा, आर्थिक विकासतर्फ नौ करोड ११ लाख ८९ हजार सात सय तीन रुपैयाँ १४ पैसा, सामाजिक विकासतर्फ तीन करोड ३४ लाख ६५ हजार सात सय ८५ रुपैयाँ ६४ पैसा र सुशासन तथा अन्तरसम्बन्धि क्षेत्रतर्फ एक करोड ८६ लाख ४३ हजार एक सय ५८ रुपैयाँ रहेको छ ।
त्यसैगरी चालु आर्थिक वर्षको लागि ९६ करोड २१ लाख ८३ हजार आठ सय ४२ रुपैयाँ बजेट स्वीकृत भएकोमा पुस मसान्तसम्म चालुतर्फ ३६.५२ प्रतिशत, वित्ीयतर्फ २९.५६ प्रतिशत र पूँजिगततर्फ २०.५ प्रतिशत खर्च भएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
त्यस्तै विषयगत तथा क्षेत्रगत कार्यक्रम अन्र्तगत सामाजिक विकासतर्फ १४ करोड ३४ लाख ८० हजार तीन सय ७९ रुपैयाँ, कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चतर्फ छ करोड ४० लाख ९७ हजार एक सय ८८ रुपैयाँ, पूर्वाधार विकासतर्फ छ करोड आठ लाख तीन हजार दुई सय ३३ रुपैयाँ, आर्थिक विकासमा एक करोड ३२ लाख ८७ हजार चार सय नौ रुपैयाँ र सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रमा २७ लाख ७४ हजार तीन सय ३० रुपैयाँ रहेको छ ।

त्यसैगरी चालु आर्थिक वर्षमा नगरपालिकाले आन्तरिक स्रोततर्फ सात करोड संकलन गर्ने लक्ष्य लिएकोमा पुस मसान्तसम्म तीन करोड ४५ लाख ७० हजार तीन सय ६७ रुपैयाँ संकलन गरेको छ । यता नदीजन्य पदार्थ उत्खनन्, संकलन तथा विक्री बापत सात करोड २७ लाख १५ हजार सात सय १९ रुपैयाँ(भ्याट बाहेक) ठेक्का बन्दोवस्त भएको छ ।
नगर प्रमुख बलदेवसिंह गोम्देन तामाङको अध्यक्षतामा आयोजित कार्यक्रममा अर्जुनधारा नगरपालिकाको संगठन तथा व्यवस्थापन सर्वेक्षण अध्ययन प्रतिवेदन अर्जुनधारा–६का वडाध्यक्ष हरिशचन्द्र बाँस्तोला र कार्यपालिकाबाट नगर सभामा पेश गर्ने गरि पारित भएका विधेयकहरु कार्यपालिका सदस्य चन्द्रमाया तामाङले पेश गरेका थिए । अधिवेशनको अर्को बैठक यही फागुन ४ गते दिँउसो २ बजे बस्ने गरि अधिवेशनको बैठक स्थगित भएको थियो ।