प्रतिबन्धित औषधीसहित युवक पक्राउ

0
96

भद्रपुर,

भद्रपुरमा प्रतिबन्धित औषधीसहित एक युवक पक्राउ परेका छन् ।

हल्दिबारी–२ हल्दिबारी चोकमा बिर्तामोडबाट हल्दिबारीतर्फ आउँदै गरेको मे १ प २३९१ नम्बरको मोटरसाइकलमा सवार भद्रपुर नगरपालिका-३ ज्ञानेचोक बस्ने अन्दाजी ३३ वर्षीय विनोद लिम्बूलाई शंका लागेर प्रहरीले चेकजाँच गर्दा उनको साथबाट प्रतिबन्धित औषधीहरू फेला परेको थियो ।

डाइजेपाम– थान ३, फेनारगन – थान ३, नाम नखुलेको औषधी थान ३ गरी जम्मा ९ सिरिन्ज , मोबाइल – थान २ र साथमा नगद रु।९ हजार लिम्बुसँग फेला परेको हो ।

उक्त प्रतिबन्धित औषधी र मोटरसाइकलसहित लिम्बूलाई पक्राउ गरी थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक विजय चौहानले जानकारी दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here