देवी पाथीभराको १६औं वार्षिकोत्सव

0
182

अर्जुनधारा ।

झापाको अर्जुनधारा–६ कप्तानबारीस्थित देवी पाथीभरा इङलिस स्कूलको १६औं वाािषर््कोत्सव बिहीबार सम्पन्न भएको छ ।

विद्यालय प्राङ्गणमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारदमनि आचार्यको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमको प्रमुख अतिथि अर्जुनधारा नगरपालिकाकी उपप्रमुख खड्गमाया पराजुलीले उद्घाटन गरेकी थिइन् ।

शिक्षकहरुकोतर्फबाट संयोजक श्याम दुलाल र विद्याथीहरुकोतर्फबाट युवराज भण्डारीले स्वागत गरेको कार्यक्रममा विद्यार्थीहरुले रायम्स, गीत, नृत्य, सांस्कृतिक नृत्यसँगै मोबाइलको लत र रुख नामक नाटक मञ्चन गरिएको थियो ।

कार्यक्रममा अर्जुनधारा नगर कार्यपालिका सदस्य सन्तोष मेचे, न्यायिक समितिका सदस्य तुम्मनाथ काफ्ले, अर्जुनधारा प्याब्सनका सदस्यद्वय धु्रव श्रेष्ठ र शान्तिा गिरी, सामाजिक व्यक्तित्व लोकनाथ पौडेललगायतको आतित्थय रहेको थियो ।

विद्यालयका संस्थापक राजेशकुमार आचार्यले कार्यक्रमको औचित्य माथि प्रकाश पारेको उक्त कार्यक्रमको सञ्चालन विद्यार्थीहरु आसिका राई, पवन मैनाली, योजन सापकोटा, रोशन अधिकारी र सुभम गहतराजले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here