प्रेस चौतारी कोशी प्रदेश अध्यक्षमा सुमन पुरी

0
22

कमल ।

प्रेस चौतारी नेपाल कोशी प्रदेशको अध्यक्षमा सुमन पुरी सर्वसम्मत चयन भएका छन् ।

बुधवार विराटनगरमा सम्पन्न प्रेस चौतारी नेपाल कोशी प्रदेशको दोस्रो अधिवेशनले पुरीलाई अध्यक्षमा चयन गरेको हो । पुरी यसअघि उपाध्यक्षको जिम्मेवारीमा थिए ।
पुरीको अध्यक्षतामा ४९ जनाको कार्यसमिति सर्वसम्मत चयन गरिएको छ । समितिमा ११ जना पदाधिकारी र ३८ जना सदस्य रहेका छन् ।

कार्यसमितिको उपाध्यक्ष युवराज विवश, महिला उपाध्यक्षमा ज्योति चौहान, महासचिवमा बाबुराम भण्डारी, छ जना सचिवहरूमा लक्ष्मी उप्रेती, रविन कट्टेल, दिनेश सुब्बा, भोला श्रेष्ठ, मन्जु डाँगी र गणेश बिष्ट र कोषाध्यक्षमा विशाल नेम्बाङ चयन भएका छन् ।

त्यस्तै कार्यसमिति सदस्यहरुमा उमानाथ भण्डारी शिशिर चौलागाई, राजकुमार ओली, प्रकाश पौडेल, भुमिराज पराजुली, अच्यूत सुवेदी, सुदिप अधिकारी, सरोज चौलागाई लगायत चयन भएका छन् । अधिवेशन उद्घाटन प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि अध्यक्ष वस्नेत, नेकपा एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतम, कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कार्की, नेकपा एमाले कोशी प्रदेशका अध्यक्ष घनश्याम खतिवडा, नेकपा एमाले केन्द्रीय सदस्य एवम् कोशीका ईन्चार्ज जीवन घिमिरे, नेकपा एमालेका केन्द्रीय सल्लाहाकार सदस्य बिनोद ढकाल, नेपाल पत्रकार महासंघ कोशीका अध्यक्ष भरत खड्का, नेकपा एमाले कोशी प्रदेश प्रचार विभागका संयोजक लक्ष्मण तिवारी, प्रेस चौतारीका नेता विश्वमणि सुवेदी, प्रेस युनियन कोशीका अध्यक्ष मिनकुमार श्रेष्ठ (नवोदित), प्रेस सेन्टरका कोशी प्रदेश अध्यक्ष राजेन्द्र राई, नेपाली प्रवासी मञ्चका उपाध्यक्ष चानक पोखरेल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here