अन्तर पालिकास्तरीय महिला फुटबल प्रतियोगितामा कन्काई विजयी

0
33
झापा,
विर्तामोडस्थित डोमालाल रङ्गशालामा जारी प्रथम अन्तर पालिकास्तरीय महिला फुटबल प्रतियोगितामा कन्काई नगरपालिका विजयी बनेको छ । आज भएको पहिलो सेमिफाइनलमा मेचीनगर नगरपालिकालाई सडनडेथमा ४–३ गोलले पराजित गर्दै कन्काई विजयी बनेसँगै फाइनल पुगेको हो ।
निर्धारित समयमा दुवै टिमबाट गोल हुन नसकेपछि खेल टाइब्रेकरतर्फ धकेलिएको थियो । टाइब्रेकरमा पनि २–२ गोलको बराबरी भएपछि नतिजा सडन डेथमार्फत निकालिएको हो ।
कन्काइका लागि एलेक्स चौधरी, वर्षा मगर, सुशीला चौधरी र छत्रिका चौधरीको प्रहार गोलमा परिणत भएको थियो भने पूर्णिमा राई र सुक्रिया मियाको प्रहार खेर गएको थियो । यसैगरी, मेचीनगरका लागि सेमिहाङमा लिम्बू, रोजिना राई, भावना परियारको प्रहार गोलमा परिणत हुँदा वर्षा ओली, करूणा बुढाथोकी र बबिता कार्कीको प्रहार खेर गएको थियो ।
खेलको प्लेयर अफ दी म्याच कन्काइकी सुशीला चौधरी घोषित हुँदै नगद रु  पाँच हजार पाउन सफल भइन् । शनिबार अन्तिम सेमिफाइनल खेल अर्जुनधारा नगरपालिका र भद्रपुर नगरपालिकाबीच हुनेछ । फागुन ५ गते हुने फाइनल खेलको विजेताले नगद रु तीन लाखसहित आकर्षक ट्रफी पाउने छ ।
उपविजेताले नगद रु एक लाख ५० हजार प्राप्त गर्नेछ । प्रतियोगिता बिर्तामोड नगर खेलकुद विकास समितिले आयोजना गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here