मौलिकता जोगाउन निर्माण नीति आवश्यक

0
44

झापा।

नेपाल पर्यटनको अथाह सम्भावना भएको देश भएपनि मौलिकता जोगाउने विषयामा सजग नबन्ने हो भने देश कंक्रिडको थ्रपो मात्रै बन्ने झापामा भएको एक कार्यक्रमका सहभागीहरुले औल्याएका छन् । नेपाल इन्जिनिर्यस एशोशिएसन बिर्तामोड च्याप्टरले आज बिर्तामोडमा गरेको कार्यक्रममा सहभागी वक्ताहरुले झापाका धार्मिक पर्यटकीय स्थलहरुमा मापदण्ड बनाएर विकास गर्नुपर्ने बताएका हुन् ।

नेपाल इन्जिनियर्स एशोसिएसन बिर्तामोड स्थानीय केन्द्रद्वारा आयोजित अन्तरक्रियात्मक गोष्ठीमा सरोकारवालाहरु मापदण्ड बनाएर धार्मिक पर्यटकीय स्थलहरुको विकास गर्न सहमत देखिएका हुन् । ऐतिहासिक , पुरातात्विक धार्मिक पर्यटकीय स्थलहरुमा जे जति विकास निर्माण गरिन्छ ,त्यसमा अत्यन्त सावधानी अपनाउनु पर्नेमा जोड दिइएको थियो । पुरातात्विक वस्तुहरुलाई पुनर्निर्माण गर्दा वास्तविकता र मौलिकता मर्न नहुने उनीहरुको भनाई थियो ।

इन्जिनियर्स एशोसिएसनले विज्ञहरुसंग प्यानल डिस्कशन गरेको थियो । अन्तरक्रियात्मक गोष्ठीमा धर्म र धार्मिक आस्थाका बारेमा साधुटार शंकराचार्यपीठका अध्यक्ष आचार्य लक्ष्मीप्रसाद खतिवडाले आफ्ना विचार राख्दै मौलिकता जोगाउनका लागि पनि धार्मिक क्षेत्रमा निर्माण गरिन संरचनामा विशेष ध्यान दिनुपर्नेमा जोड दिए ।

पर्यटनका बारेमा टे«क ८५८६ पर्यटन ब्यवसायी तथा गाइड अमिर राईले धर्म र पर्यटन एक अर्काको परिपुर भएको भन्दै नेपालमा धार्मिक क्षेत्रको विकास र संरक्षण गरेमा मात्रै धेरै पर्यटकहरुलाई अवलोकन, खोज तथा अध्धयनको माध्यमम बन्न सक्ने भएकाले यस्ता क्षेत्रको संरक्षणमा ध्यान दिनुपर्ने बताए । उनले झापाका महाभारतकालिन इतिहासलाई जोडेर झापाका पर्यटकीय क्षेत्रलाई करिडोरको रुपमा विकास गर्न सकिने उल्लेख गरे ।

निर्माणका बिषयमा इन्जिनियरिङ अध्यापन संस्थान पूर्वाञ्चल क्याम्पस प्रमुख ई.काजीराम कार्कीले निर्माण गर्न त्यस क्षेत्रको मौलिकता र वास्तविकतालाई जोगाउनुपर्नेमा जोड दिए । उनले पानीमा उर्जा हुन्छ भन्ने धार्मिक मान्यता भए पनि पानीबाट बिजुली निस्कन्छ भन्ने विज्ञानले प्रमाणित गरेको भन्दै धार्मिक कुरालाई विज्ञानसंग जोड् आवश्यक रहेको बताए । उनले निर्माण नीति नबाई गरिने विकासले कुनै अर्थ नराने भन्दै विकासका लागि नीति बनाउन आवश्यक रहेको र त्यसले मौलिकताको संरक्षणमा ध्यान दिनुपर्ने विचार ब्यक्त गरे ।

निर्माण नीतिका बिषयमा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले मौलिक पहिचानलाई बचाउन स्थानीय तह नै जागरुक हुनुपर्नेमा जोड दिए । उनले ललितपुरको मौलिकता बचाउन आफुहरुले विज्ञ तथा इन्जिनियरहरुसंग छलफल तथा त्यस क्षेत्रका अग्रज र सम्पदा संरक्षकसंगको परामर्श गरेर मात्रै नीति बनाउने गरेको उल्लेख गरे । उनले कुनै पनि क्षेत्रका धार्मिक पहिचान जोगाउन त्यसको मौलिकतालाई बचाई राख्नुपर्नेमा जोड दिए । मौलिकता बनाउन सम्बन्धित पालिका आफैं लाग्नुपर्ने सुझाव दिदैं उनले निर्माण नीति महत्वपूर्ण भएको उल्ले गरे । प्यानल डिस्कशनको सहजीकरण कार्यक्रम संयोजक ई.प्रकाश कुमार सिंहले गरेका थिए ।

कार्यक्रममा झापाका १५ वटै स्थानीय तहका जनप्रतिनिधिहरुलाई आमन्त्रण गरिएको थियो । स्थानीय तहले निर्माण नीति बनाउँदा विज्ञहरुसंगको राय लिनुपर्ने र मौलिकताको पहिचान हराउन नदिन विशेष ख्याल गर्नुपर्नेमा जोड दिइएको थियो ।

एशोसिएसनका सभापति ई. इन्द्रमणि घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा संस्थापक अध्यक्ष ई. रोशन सुवेदीले स्वागत गरेका थिए भने उद्घाटन कार्यक्रमको सञ्चालन एशोसिएसनका निमित्त सचिव ई.अजित ढुङ्गानाले गरेका थिए । कार्यक्रममा झापाका विभिन्न पालिकाका प्रमुख तथा उप–प्रमुख, धार्मिक तथा पर्यटकीय क्षेत्रका प्रमुख तथा प्रतिनिधि, निर्माण क्षेत्रका प्रमुख तथा प्रतिनिधि, निर्माण क्षेत्रका बिज्ञसहित सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमको औचित्यमाथि नेपाल इन्जिनियर्स एशोसिएसन कोशी प्रदेशका सभापति ई.जगरनाथ शाहले प्रकाश पारेका थिए । उनले नेपालमा धार्मिक क्षेत्रको संरक्षण गर्दै त्यसको विकास र प्रर्वधन गर्न सकेमा वर्षेनी लाखौं पर्यटकहरु नेपाल भित्र्याउन सकनेमा जोड दिए । स्थानीय तहहरुले निर्माण नीति नबाई विकासका कामहरु अघि बढाउ कतिपय स्थानहरु कंक्रिडको थुप्रोमा परिण भएको उल्लेख गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here