१५ औ इलाम जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको तयारी पुरा

0
107

विमल दहाल, इलाम ।

१५ औ इलाम जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ।

फागुन ४, ५ र ६ गते माई नगरपालिका इलाममा सम्पन्न हुन लागिरहेको प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको माई नगरपालिका प्रमुख खम्बा सिंह लिम्बूले जानकारी दिनुभयो । जिल्लाकै गौरवका रुपमा मानिएको जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता ग्रामीण क्षेत्रमा हुन थालेपछि सबैले अवसर पाएको प्रमुख लिम्बू बताँउनुहुन्छ ।

प्रतियोगितामा ६ विधा अन्तर्गत भलिबल, कवडी, एथलेटिक्स, उसु, कराँते, तेक्वान्दो रहने खेलकुद विकास समिति इलामका अध्यक्ष खगेन्द्र बास्तोलाले बताउनुभएको छ। उहाँका अनुसार जिल्लाका १० पालिका भित्रका ८ सय ८५ खेलाडी सहभागि रहने छन। पालिकाबाट छनौट भई जिल्ला र जिल्लामा छनौट भएका खेलाडीले प्रदेशस्तरीय खेलमा सहभागिता जनाउने खेलकुद विकास समितिका कार्यालय प्रमुख नारायण भट्टराईले बताउनुभयो।

जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सदरमुकाम वाहिर गत बर्ष माङसेबुङ गाँउपलिका र त्यस अघि फाकफोक थुम गाँउ पालिकामा सम्पन्न भएको थियो। यस बर्ष माई नगरपाालिकामा प्रतियोगिता सञ्चालन गर्नका लागि अघिल्लो वर्ष माङसेबुङ गाँउपालिकामा माईले झण्ड बुझेको थियो । पछिल्लो समय जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सदरमुकामबाट वाहिर पालिका पालिकामा सञ्चालन हुदाँ खेलाडी उत्पादन र युवा विद्यार्थीमा खेलकुद प्रतिको आकर्षण वढेको पाईएको छ।

जिल्ला खेलकुद बिकास समिती इलामका अध्यक्ष खगेन्द्र बास्तोलाका अनुसार जिल्ला स्तरीय प्रतियोगिता सञ्चालनका लागि करिब २५ लाख वढी बजेटको व्यवस्थापनवआबश्यक रहेको वताउनुभयो। प्रतियोगिताका लागि माई नगरपालिकाले १३ लाख प्रदान गर्ने संझौता भएको र अन्य पालिकाले समेत सहयोग गर्ने प्रतिबद्धता रहेको अध्यक्ष बास्तोलाले बताउनुभयो। प्रतियोगिता आयोजना गर्दा २५ लाख रुपियाँ बढी खर्च लाग्ने खेलकुद विकास समितिले जनाएको छ ।

सहभागि खेलाडीहरुलाई नवनिर्मित माई अस्पतालको भवनमा बस्ने र क्याटरिङ मार्फत खाना खुवाउने ब्यवस्था गरिएको छ। माई नगरपालिका प्रमुख प्रशासकिय अधिकृत महेन्द्र विश्वकर्माका अनुसार दैनिक सहभागी खेलाडीहरुलाई आवास सहित खाना र खाजा गरेर प्रति सहभागी ५ सय ५० रुपैयामा क्याटरिङ र आवास व्यवस्थापन गरिएको बताउनुभयो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here