झापाका प्रहरी प्रवक्ता डीएसपी चन्दको जनसेवा वृत्तमा सरुवा

0
1117

झापा ।

जिल्ला प्रहरी कार्याालय झापाका प्रहरी नायव उपरीक्षक कृष्ण कुमार चन्दको सरुवा भएको छ । झापामा एक वर्ष अघि आएका चन्द अपराध अनुसन्धनमा अब्बल मानिन्छन् । प्रहरी संगठन भित्र स्वच्छ छवी र विषय विज्ञको रुपमा आफ्नो परिचय स्थापित गर्न सफल प्रहरी नायव उपरीक्षक चन्दले झापाका रहदाँ उपराध न्यूनिकरणमा महत्वपूर्ण भूमिका निर्वााह गरेका थिए ।

समाजमा शान्ति सुरक्षा कायम गर्न नागरिकसंग हातेमालो गर्दै समुदाय साझेदाारी अन्तरगत विभिन्न कार्यक्रमहरुलाई प्रहरी प्रवक्ता समेत रहेकमा चन्दले निरन्तरताा दिएका थिए । झापामा भएका हत्या, चोरी, र्दुघटना लगायतका विषयमा भएका आन्दोलन तथा राजनीतिक समूहहरुले गरेका आन्दोलनलाई शान्तिपूर्ण रुपमा समाधान गर्दै समाजमा शानित सुरक्षा कायम राख्न प्रहरी नायव उपरीक्षक चन्दले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

झापाको जिम्मेवारी सम्हाले लगत्तै डीएसपी चन्दले सञ्चारमाध्यमहरुलाई सूचना सम्प्रेषणमा तदारुपता देखाउँदै कुनै पनि घटनाहरुको विवरणहरु तत्काल उपलब्ध गराउनुका साथै शाान्ति सुरक्षाा र अपराध अनुसन्धानमा असर नपर्ने विवरणहरु तत्काल उपलब्ध गराएर मिडियामैत्री वातावरण बनाएका थिए ।

प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका १० जना डिएसपीको काज सरुवा गरेको हो । रिक्त रहेका कार्यालयहरूमा काज सरुवा भएको हो । काठमाण्डौंको जनसेवा वृत्तमा झाापामा प्रहरी प्रवक्ताको जिम्मेवारी सम्हालिरहेका प्रहरी नायव उपरीक्षक कृष्ण कुमार चन्दको सरुवा भएको हो ।

त्यस्तै दोलखामा डिएसपी ज्ञानकुमार महतो, रसुवामा हेमबहादुर शाही, महराजगन्ज वृत्तमा निरञ्जन थापा, इलाका प्रहरी कार्यालय, बुटवलमा इन्द्र राना तथा इलाका प्रहरी कार्यालय गजुरीमा विकास थापालाई खटाइएको छ । त्यस्तै, इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राजन लामाको सरुवा भएको छ ।

काँकरभिट्टाका मिम लामाको मानव स्रोत विकास विभाग, रसुवाका केशव भट्टराईको प्रधानमन्त्री कार्यालय तथा बुटवलमा विजयराज पण्डितको प्रदेश प्रहरी कार्यालय पोखरामा सरुवा भएको छ । त्यस्तै, जिल्ला प्रहरी कार्यालय झापामा खगेन्द्र खड्का तथा चितवनमा रवीन्द्र खनाललाई पठाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here