गोमेन्द्र बिर्ता मोडलको वार्षिकोत्सवमा शिक्षक, अभिभावक र विद्यार्थी सम्मानित

0
115

बिर्तामोड ।

झापाको बिर्तामोड ४ स्थित गोमेन्द्र बिर्ता मोडल सेकेण्डरी स्कुलले उत्कृष्ट शिक्षक, अभिभावक तथा विद्यार्थीलाई सम्मान गरेको छ।

विद्यालयको २८औं वार्षिकोत्सवको अवसरमा उहाँहरूलाई सम्मान गरिएको हो। बिर्तामोडको सिटी सेन्टरमा आयोजित एक कार्यक्रमका बीच विद्यालयले शिक्षक सीएम खरेललाई दीर्घ सेवा सम्मानद्वारा सम्मानित गरेको छ । खरेल एक दशक बढी समयदेखि गोमेन्द्र बिर्ता मोडलमा अध्यापन छन् ।

अभिभावकहरू गीता रिजाल (दाहाल), भोला गुरागाईं, उदयनारायण दाहाल, ध्रुवकुमार पुरी, कुमार पन्त र अरुण लिङ्खिम राईलाई सम्मान गरिएको छ ।
विद्यालयका जन्मदाता ज्ञानुनाथ मैनाली र कुशलादेवि शिवाकोटीलाई जयनारायण–हरिप्रिया स्मृति पुरस्कार समर्पण गरियो ।

त्यस्तै ७ हजार ५ सय नगद राशीको धनमाया शर्मा स्मृति पुरस्कार मेधावी छात्रा निर्जला राई, ५ हजार पाँच रुपैया राशीको दाधरा पुरस्कार छात्रा शिवानी नेसालाई प्रदान गरियो । नेसालाई नगद तथा सम्मानपत्रका साथै स्कूल ब्याग र शैक्षिक सामाग्री समेत प्रदान गरिएको थियो ।

नगद पाँच हजार पाँच रुपैयाको देवका ढकाल स्मृति छात्रवृत्ति पुरस्कार विद्यार्थीहरु अनिशा राजवंशी र दिपस्ना लिम्बू (संयुक्त), आरभराज डाँगी, सगुन श्रेष्ठ र प्रज्वल प्रसाईलाई प्रदान गरियो ।

सरसफाईमा उत्कृष्ट छात्राहरु कृति थापा र श्रेया राईलाई पुरस्कृत गरियो भने ग्रेसा दियालीलाई अनुशासित विद्यार्थीको रुपमा पुरस्कृत गरिएको कार्यक्रम सञ्चालक तथा विद्यालयका इन्चार्ज तीर्थ दाहालले जानकारी दिए ।

वर्षोत्कृष्ट विद्यार्थीको रुपमा एलेक्स पोखरेल र मस्ट भर्सटायल विद्यार्थीको रुपमा सायन घोष पुरस्कृत भए । उनीहरूलाई विद्यालयका निर्देशक तथा कार्यक्रमका अध्यक्ष उत्तम खनाल, सहनिर्देशक गीता ढकाल खनाल र संस्थापक प्राचार्य गणेशप्रसाद खनालले सम्मान पत्र प्रदान गरेका थिए ।

कार्यक्रममा शिक्षक तथा विद्यार्थीहरुले विभिन्न साँङ्गीतिक तथा सास्कृतिक प्रस्तुति राखेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here