आजदेखि पथरी शनिश्चरे ९ को ओम बुद्ध फ्युल सेन्टर सञ्चालनमा

0
31

छविराज ढकाल,
पथरीशनिश्चरे।

मोरङ्गको पथरीशनिश्चरे वडा नं ०९ को महेन्द्र चोकमा ओम बुद्ध फ्युल सेन्टर प्रा.लि. ले पथरी शनिश्चरे नगर क्षेत्रभित्र पहिलो पटक व्यवसायिक पेट्रोल पम्प संचालनमा ल्याएको छ।

आज सोमबार बिहान एक कार्यक्रमका बीच संविधानसभाका सभासद् चण्डी प्रसाद राईले उक्त फ्युल सेन्टर प्रा. लि. को व्यावसायिक सफलताको शुभकामना दिदैं सञ्चालनको औपचारिक उद्घाटन गर्नुभएको हो।

स्थानीय रणबहादुर गुरुङ , श्यामप्रसाद चौहान र डिलीराम भट्टराईको कुल १५ करोड बराबरको लगानीमा उक्त फ्युल सेन्टर सञ्चालनमा ल्याइएको छ। लामो समयदेखि पेट्रोल तथा डिजेल इन्धन भर्नका लागि उर्लाबारी नगरपालिका वा बेलबारी सम्म धाउन बाध्य यहाँका स्थानीय नगरवासीहरु प्रत्यक्ष रूपमा लाभान्वित हुने विश्वास लिइएको छ । उक्त फ्युल सेन्टर पूर्व-पश्चिम राजमार्ग पथरी बजारदेखि करिब ४ किलोमिटर दक्षिण गान्धी- मनमोहन सडक खण्डमा रहेको छ।

सोही क्रममा सोहि वडाका वडाध्यक्ष वीरबहादुर राई र वडा नं ०४ का वडाध्यक्ष लोक किरण न्यौपानेले उक्त पम्पको व्यवसायिक सफलताका लागि शुभकामना मन्तव्य राख्नुभएको थियो। सञ्चालकको तर्फबाट रणबहादुर गुरुङ , श्यामबहादुर चौहान र डिलीराम भट्टराईले आफ्ना भनाइहरु पनि राख्नुभएको थियो।

उक्त अवसरमा पथरी शनिश्चरे नगरपालिकाकी उप-प्रमुख देवीमाया काफ्ले , वडाध्यक्षहरू क्रमश: वीरबहादुर राई, लोककिरण न्यौपाने, नेकपा एमालेका प्रदेश कमिटी सदस्य तथा पूर्व मेयर किशोर राई, नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष गोविन्द कटवाल, एकीकृत समाजवादीका नगर अध्यक्ष तुलसी ढकाल, लगायत विभिन्न पार्टीका प्रतिनिधि तथा सर्वसाधारणहरूको उपस्थिति पनि रहेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here