अर्जुनधारा ।

झापाको अर्जुनधारा–७स्थित अर्जुनधारा संस्कृत आदर्श माध्यमिक विद्यालयको ३३औं वार्षिकोत्सव सोमबार सम्पन्न भएको छ ।
विद्यालय प्राङ्गणमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमल गुरागाईंको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमको प्रमुख अतिथि अर्जुनधारा जलेश्वर धाम व्यवस्थापन समितिका अध्यक्ष नविन गट्टानीले उद्घाटन गरेका थिए ।
कार्यक्रममा प्रधानाध्यापक कृष्णप्रसाद भट्टराईले विद्यालयको पृष्ठभूमि, वर्तमान अवस्था र भावी रणनीति बारे जानकारी गराएका थिए । सोही कार्यक्रममा विद्यालयमा स्थापना गरिएको सावित्रादेवी प्रसाईं स्मृति अक्षयकोषबाट १० जना विद्यार्थीलाई रकम प्रदान गरिएको थियो ।
यसरी रकम पाउनेहरुमा कक्षा–२की विपना पाँचकोटी, कक्षा–४की अञ्जना खातुन, कक्षा–५का दीपक वि.क., कक्षा–६का हिमाल घिमिरे, कक्षा–७का खेमराज लामिछाने, कक्षा–८का छत्रपति गुरागाईं र मनिष बराल, कक्षा–९का भूपेन्द्र भट्टराई र विष्णु खतिवडा तथा कक्षा–१०का हेमन्त नेपाल रहेका छन् ।
त्यसैगरी कार्यक्रममा वर्ष शिक्षक सम्मानबाट सहायक प्रधानाध्यापक हरिनारायण खतिवडा, विद्यालय सहायक दशरथ रिजाल, दाता अर्जुनधारा–१ निवासी नारायणप्रसाद खनाललाई सम्मान पत्रसहित दोसल्ला ओढाई सम्मानित गरिएको थियो ।
त्यस्तै गत शैक्षिक सत्र २०८०को एसईई परीक्षामा विद्यालय प्रथम हुने सौगात सापकोटा, कक्षा–९को वार्षिक परीक्षामा प्रथम हुने कृजल नेपाल, कक्षा–८को वार्षिक परीक्षामा प्रथम हुने पुकार भट्टराई र कक्षा–३को वार्षिक परीक्षामा प्रथम हुने अञ्जना खातुनलाई प्रमाण पत्रसहित पुरस्कारबाट पुरस्कृत गरिएको थियो ।
सहायक प्रधानाध्यापक खतिवडा र विद्यालय अन्र्तगत रहेको बाल क्लबका अध्यक्ष कृजल नेपालले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन शिक्षक हरिप्रसाद ढुङ्गेलले गरेका थिए ।