सार :
सूर्यको किरण सम्पूर्ण जीवजन्तु र बोटबिरुवालाई बाच्नका लागि आवश्यक छ । सम्पूर्ण प्राणीहरूमा अक्सिजन र कार्बनडाइअक्साइड आदान प्रदानको कार्य सूर्यको प्रकाशको करणले नै सम्भव भएको हो । मानिसको शरीरमा भिटामिन र खनिज पदार्थको प्राप्ति र शोषणका लागि सूर्यको आवश्यकता हुन्छ । मानिसले बाँच्नका लागि खाना खानुपर्छ । खाना शरीरलाई शक्ति दिने, शरीरलाई वृद्धि गर्ने र शरीरलाई रोगबाट बचाउने गरीको तीन प्रकारमा दैनिक खानुपर्छ । त्यसैले ‘हरेक दिन खाना तीन’ भन्ने चलन छ ।
मांसाहारीको लागि पशुपंक्षीको स्रोत अनिवार्य रहेकोले थप एक वर्गीकरण विश्व स्वास्थ्य संगठनले गरेको हुँदा यसलाई ‘हरेक बार खाना चार’ भन्न सकिन्छ । तर खानाले शरीरमा काम गर्ने तरिका शक्ति दिने, वृद्धि गर्ने र रक्षा गर्ने नै हो । यसरी यी प्रकारका खाना एउटा थालमा हुनुपर्छ । खानालाई आन्द्रामा राम्ररी शोषण हुनका लागि मुखमा धेरै पटक चपाउने काम गर्नुपर्छ । खाना खाएपछि समयमा सुत्ने र उठ्ने कार्य गर्नु जरुरी छ । स्वस्थ्य हुनका लागि मानिसले कोठा भित्रभन्दा बाहिर प्रकृति सूर्यसँग सम्पर्कमा आउन उत्तिक्कै महŒवपूर्ण छ । मानिस स्वस्थ्य हुनका लागि सूर्य, शरीर र खानाको सम्बन्धलाई ध्यान दिनु र व्यवहारमा लागू गर्नु मानिसको स्वास्थ्यका लागि फायदाजनक छ ।
खानाको वर्गीकरण र खाने समय :
खाना हाम्रो शरीरलाई चाहिने पोषकतत्वहरुको मुख्य आधार हो । खानाले नै हाम्रो शरीरलाई क्रियाशील राखेको छ । खाना विभिन्न प्रकारका छन् । खाना समाजको स्तर अनुसार पाँच तारे होटलदेखि सामान्य व्यक्तिको घरमा पाक्छ । पाक्ने खाना हेर्नुमा र देख्नुमा भिन्नता पाइन्छ । तर, भिन्नता भए पनि शरीरलाई काम गर्ने आधारमा खाना तीन प्रकारको हुनुपर्छ भन्ने कुरामा ध्यान दिनुपर्छ । शरीरलाई शक्ति दिने र शरीरलाई वृद्धि गर्ने तथा शरीरलाई रक्षा गर्ने खाना नै तीन किसिमका खाना हुन् ।
शक्ति दिने खानामा अन्न, जरामा फल्ने, गुलियो चिज, चिल्लो वस्तुहरु हुन् भने शरीर वृद्धि गर्नेमा दलहन चिज, गेडागुडी, पशुपंक्षीको स्रोत, बियाँवाला वस्तु हुन् । त्यस्तै शरीरलाई रोगबाट रक्षा गर्ने खानामा सागपात, आलु बाहेकको तरकारी, फलफुलहरु पर्दछन् ।
एउटा थालमा यिनै तीन प्रकारका खाना भात, दाल र तरकारी समावेश गरी खाने गरिएको चलन धेरै राम्रो छ र पोषणका लागि उत्कृष्ट हो । कार्बोहाईड्रेट्स, प्रोटिन, भिटामिन, मिनरल्स र फ्याट भन्ने तत्वहरु तीन प्रकारका स्रोतहरुबाट नै पाइ राखिएको हुन्छ । यसरी यस्तो खाना उमेर अनुसार खाने मात्रा छ महिनादेखि २४ महिनासम्मलाई कति मात्रा कति पटक र कसरी खुवाउने भन्ने कुरा र गर्भवतीले कति खाने भन्ने कुरा विश्व स्वास्थ्य संगठनले नेपालको लागि गरेको निर्देशन तथा पोषणका विभिन्न कार्यक्रमहरु छन् । स्वास्थ्य र चिकित्सा विज्ञानका विज्ञहरुको अनुभवमा वयस्कका लागि वयस्कले खाना दिनमा धेरै कति पटक खानु पर्छ भन्नेबारे फरक–फरक भनाइहरू छन् (राही,२०२३) ।
मानिसको स्वास्थ्य र शारीरिक कार्यभारले खाना खाने आवश्यकतालाई मात्राको निर्धारण गर्न सकिन्छ । सामान्यतयाः ३० वर्षभन्दा कम उमेरका व्यक्तिले दिनमा तीन पटक र ३० वर्षभन्दा बढी उमेरले दिन दुई पटक मात्र खाना खानु उपयुक्त मानिन्छ । यसले शरीर र मस्तिष्कलाई उत्तम तरिकाले काम गर्न मद्दत गर्छ । किनभने पेट खाली हुँदा शरीरको कार्यक्षमता बढ्छ ।
सामान्यतयाः दिनमा तीन पटक भोजन गर्ने परम्परा छ, बिहान, दिउँसो र बेलुका । यसले शरीरलाई ऊर्जा र पोषकतत्व प्रदान गर्न मद्दत गर्छ । तर, स्वास्थ्यका विज्ञहरूका अनुसार तौल घटाउने वा मधुमेहका रोगीहरूले रगतमा चिनीको मात्रालाई नियन्त्रणमा राख्न दिनमा पाँचदेखि छ पटकसम्म थोरै थोरै मात्रामा खानु उपयुक्त मानिन्छ । आजभोलि वयस्कको खाना खाने तौरतरिका नमिलेको कारण मधुमेह र उच्चरक्त चाप तथा वायुशुल जस्ता समस्याहरु देखिएका छन् । वयस्कको लागि बिहान ९ बजे र बेलुका ढिलोमा ५ बजेदेखि ६ बजेसम्ममा खाइ सक्नु सही मानिन्छ । बेलुकाको खाना खाएपछि छिटो सुत्नु हुन्न । यो अवधिलाई बढाउनु राम्रो हो । बिहान सूर्य उदाउनु पूर्व नै उठि सक्नु राम्रो मानिन्छ । यो समयमा उठ्नका लागि बेलुका ९ बजे सुत्नु उपयुक्त हुन्छ ।
जैविक घडी र निद्रा :
सूर्यको प्रकासले हाम्रो जैविक घडी निद्रालाई नियमित गर्न मद्दत गर्छ । जसले निद्रा र जागरण चक्रलाई सन्तुलित राख्छ । अँध्यारो हँुदै जाँदा हाम्रो ब्रेनभित्र रहेको पेनियल ग्रन्थीले सक्रियता देखाउँछ र मेलाटोनिन् हर्मोन उत्पादन हुन्छ । जुन हाम्रो रगतमा रहेको हुन्छ । यो हर्मोनको कारण हामीलाई निद्रा लाग्न थाल्छ । उज्यालो हुँदै गएपछि मेलाटोनिन् हर्मोन घट्दै जान्छ । अर्थात् पेनियल ग्रन्थी सूर्य उदाउँदै गएपछि निश्क्रिय हुँदै जान्छ । मेलाटोनिन् हर्मोनको उत्पादनमा नियन्त्रण भई हामीलाई निद्रा हट्ने र जागरणको अवस्था आउँछ । यसकारण हर्मोनलाई हर्मोन या डार्कनेस पनि भनिन्छ । यसरी मानिसको सम्बन्ध सूर्यसँग रहेको छ ।
कुनै देशमा धेरै समय घाम लाग्ने स्थानमा सिसाको झ्याल ढोकाहरूमा पर्दा लगाएर अँध्यारो पर्ने गरिन्छ । तर, जैविक घडी र निद्रामा अभ्यास भइसकेपछि त्यति असजिलो अनुभव हुँदैन । सूर्यसँगको सम्बन्धलाई अझ व्याख्या गर्दा धार्मिक अभ्यासलाई पनि लिन सकिन्छ । सूर्य नमस्कार जस्ता योग अभ्यासहरूले शारीरिक, मानसिक, स्वास्थ्य सुधार्न मद्दत गर्न सक्छ । नियमित सूर्य नमस्कारले शरीरलाई लचिलो, शक्तिशाली र तनावमुक्त बनाउन सहयोग पु¥याउन सक्छ । यसको वैज्ञानिक कारण सूर्यको पराबैजनी बी किरणहरूले छालामा पर्ने बित्तिकै भिटामिन ‘डी’को उत्पादन हुन्छ । यो भिटामिनले क्याल्सियमलाई किड्नीसम्म पु¥याउन र शोषण हुन मद्दत गर्छ । यो भिटामिन हड्डी मजबुतीको लागि महŒवपूर्ण मानिन्छ ।
पतञ्जली महर्षिका योग दर्शनका स्कोलरहरुले पनि यो सम्बन्धको व्याख्या गर्छन् । मनको नियन्त्रणलाई योग भनिन्छ, जसमा मानिस आफ्नो बिशुद्ध चैतन्य रुपमा आउँछ (गिरी, २०२३)। त्यस्तै सनातन हिन्दु धर्ममा पनि सूर्यलाई भगवानको रुपमा सूर्य पुराणमा व्याख्या गरिएको धार्मिक पाटो पनि छ ।
सूर्यको प्रकाशको उपस्थितिले बोटबिरुवाहरूले कार्बनडाइअक्साइड शोषण गर्ने र अक्सिजन उत्सर्जन गर्ने कारणले मानिसलाई अक्सिजन प्राप्त हुन्छ । मानिसबाट स्वासको माध्यमबाट निस्किएको कार्बनडाइअक्साइड बोटबिरुवाले लिने र बोटबिरुवाबाट निस्किएको अक्सिजन मानिसलाई प्राप्त हुने यो आदान प्रदानमा मुख्य भूमिका सुर्यको रहेको छ । यो कार्यको लागि सूर्यको उपस्थिति अनिवार्य छ । त्यसैले मानिस र सूर्यको सम्बन्ध महŒवपूर्ण छ ।
छिटो खाना खाएर लगभग ढिलोमा ९ बजेसम्ममा निदाउनु राम्रो मानिन्छ । निदाएको समयमा आमाशयको भित्ताले पनि दिउँसोको जस्तो सक्रियताका साथ काम गरेको हँुदैन । सुतेको समयमा आन्द्राको सक्रियता (एभचष्कतबतिष्अ mयतष्यल) कम हुन्छ । बसेको, उठेको, काम गरेको समयमा हाम्रो आन्द्राको यो mयतष्ष्तिथ लयचmब िनै हुन्छ ।
एलोपेथिक चिकित्सा विज्ञानका विज्ञहरुको भनाइ पनि छ कि रातिको अबधि समेत गरेर १६ घण्टा पेट खाली राख्नु स्वास्थ्यको लागि राम्रो हो । त्यसैले बिहान ९ बजे खाना र बेलुका ५÷६ बजे खाना खाइ सक्नु पर्छ । एक पटक खाना खाएपछि आमाशयबाट पाचन सम्पन्न हुन ४ देखि ६ घण्टा लाग्छ । तसर्थ, कामको प्रकृति हेरी दिनको ठोस खाजा खाने कुरामा ध्यान दिनु पनि उत्तिकै जरुरी छ । किनकि आमाशयले लागातार भार थेग्न सक्दैन । बसेर काम गर्ने बयस्कले दिउँसोको खाजा ठोस पदार्थभन्दा पिउन हुने झोलिलो पदार्थ खानु राम्रो मानिन्छ । यसले किड्नीको कार्यलाई समेत राम्रो सहयता गर्छ । त्यतिमात्र होइन, आर्थिक र खाद्य संकट बचाउन पनि सहयोग पुग्छ । किनकी पटक–पटकको खाजा खर्च जोगिन्छ । त्यति मात्र होइन, रगतमा चिनीको मात्रा, क्लोस्टेरोलको मात्रा पनि नियन्त्रण हुन्छ ।
आजभन्दा २६ सय वर्ष अगाडि गौतम बुद्धले पनि १६ घण्टाभन्दा बढी समय पेट खाली राख्नुभएको थियो । उहाँ दिनमा एकछाक मात्र भोजन गर्नुहुन्थ्यो । उहाँलाई भोजनको परिकार र स्वादमा कुनै मोह थिएन । भिक्षाटनमा जाँदा जे प्राप्त हुन्थ्यो त्यहिमा सन्तुष्ट मान्नु हुन्थ्यो । अहिलेको जस्तो बुद्धकालमा पनि भोजनको प्रमुख स्रोत अन्न नै थियो । सुत्तनिपातको आमागंधसुत्तमा त्यसबेलाको खाद्यपदार्थको कहिँ झलक पाइन्छ ।
त्यस बेला साँवा (धान विशेष), चिङगुलक (कागुनो), चिनु, सागपात, पिंडालु, तरुल र सखरखण्ड आदि कन्दमुल र लौका, फर्सी, काँक्रो आदि लताफल सामान्य खाद्यपदार्थ थिए । खानाका साथमा सुप, दाल र तरकारी खाने र तरकारीमा हरियो सागपातको प्रयोग बढी हुन्थ्यो (पौड्याल, २०८०) । यसरी त्यो समयमा पनि पोषिलो खाना खाने चलन रहेको थियो भन्ने अडकल गर्न सकिन्छ । पूर्वीय दर्शनका गौतम बुद्ध र पतञ्जली जस्ता महामानवहरुको विचार र अभ्यास अनि अहिलेको चिकित्सा विज्ञानको तरिकामा वयस्कहरुले खानपानमा व्यक्तिगत व्यवहार परिवर्तन गर्न सकेमा स्वस्थ्यकर र लामो आयु जीउन सकिन्छ ।