झापा ।
भारत ओडिसामा रहेको कलिंगा इन्स्टीच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा अध्ययनरत विद्यार्थी प्रकृति लम्सालको शंकास्पद मृत्युपछि त्यहाँका अन्य नेपाली विद्यार्थीहरू स्वदेश फर्किएका छन् । उनीहरु स्थलमार्ग भएर घर फर्किएका हुन् ।
काँकरभिट्टा नाका हुँदै १६ जना र जोगमनी नाँका हुँदै ७५ जना विद्यार्थी घर फर्किएका हुन् । प्रकृतिको मृत्युपछि त्यहाँ बसेर पढ्दै गरेका विद्यार्थी नेपाल फर्किएका हुन् ।
लम्सालको आत्महत्यापछि परिस्थिति असहज बनेपछि उनीहरु घर फर्किएका हुन् । लम्सालको आत्महत्यापछि निष्काशित नेपाली विद्यार्थीहरु काँकरभिट्टा र जोगवनी नाँका हुँदै आ–आफ्नो घरतर्फ गएको बताइएको छ ।
काँकरभिट्टा नाका हुँदै मंगलवारराति विद्यार्थीहरु घर फर्किएका थिए भने जोगवनी नाकाबाट बुधबार दिउँसो ३ बजेसम्ममा ७५ जना नेपाली विद्यार्थी नेपाल प्रवेश गरेका थिए ।
मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले नेपाल फर्किएका विद्यार्थीले साथीको मृत्यु पश्चात् त्रासका कारण नेपाल फर्किनु परेको हुनसक्ने बताएका छन् । शङ्कास्पद अवस्थामा मृत फेला परेपछि कलेजमा अध्ययनरत् विद्यार्थीको प्रदर्शनपछि कलेजले उनीहरूलाई होस्टेलबाटै निकालेको थियो ।
नेपाल फर्किएका विद्यार्थीको बारेमा सीमा नाकामा उनीहरूको रेकर्ड राखिएको प्रजिअ यादवले जानकारी दिए । नेपाल फर्किएका विद्यार्थीलाई आ–आफ्नो घरतर्फ पठाउन सहजीकरण गरिएको यादवले बताए । नेपाली विद्यार्थीलाई भारतीय सीमा सुरक्षा बल एसएसबी, नेपाल प्रहरी र सशस्त्र प्रहरीले संयुक्त सहजीकरण गरेका छन् ।
यसअघि सो विश्वविद्यालयबाट निकालिएका ९६ जना नेपाली विद्यार्थी वीरगञ्ज नाकाबाट घर फर्किएको पर्सा प्रहरीले जनाएको छ ।