झापा ।
लेखक एवम् साहित्यकार मोहनप्रसाद ओलीको दोस्रो कृति ‘अलखनन्दनका अन्तर्मनका कथाहरु’ बुधबार बिर्तामोडमा लोकार्पण गरिएको छ ।
प्रा.डा. गंगाप्रसाद अधिकारीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रम नेपाली लेखक संघ झापाको आयोजनामा भएको थियो । कार्यक्रममा लोकार्पित कृति माथि साहित्यकार गणेश निरौलाले समीक्षात्मक टिप्पणी गरेका थिए । साहित्यकारहरु लता खरेल, चूडामणि वाशिष्ठ, लीलाप्रसाद अधिकारी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
झापाका दर्जनौं विशिष्ट साहित्यकारहरु उपस्थित उक्त कार्यक्रममा शिवकुमार पौडेल, राजेन्द्र संग्रौला, हस्त परियार, देवीभक्त श्रेष्ठ, कृष्ण सुवेदी निराकार, शिरो सान्दाइ, केशव आचार्य, विष्णुकुमार भट्टराई, कमलप्रसाद गुरागाँई लगायतको उपस्थिति थियो ।
नेपाली लेखक संघ झापाका अध्यक्ष कुमार भट्टराईको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा मेची क्याम्पसका पूर्व प्रमुख उमानाथ ओलीले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन नेपाली लेखक संघ झापाका सचिव समीरबाबु कट्टेल एवम् कवि मुना काफ्ले पौडेलले संयुक्त रुपमा गरेका थिए ।