झापा ।
सवारी दुर्घटनामा एक व्याक्तिको मृत्यु भएको छ ।
मृत्यु हुनेमा झापाको कमल गाउँपालिका–३ का ५१ वर्षीय तारा नारायण श्रेष्ठको मृत्यु भएको हो ।
मे ६ प ६०७९ को मोटर साईकललाई को १ त ६७८८ नम्बरको ट्याक्टरले पूर्व–पश्चिम राजमार्ग अन्तरगत उर्लाबारी ७ अरनिको अस्पताल छेउमा पछाडिबाट ठक्कर दिदा मोटर साईकलको पछाडि सवार श्रेष्ठको उपचारको क्रममा मृत्यु भएको प्रहरिले जनाएको छ ।
मोटरसाईकल चालक कमल–३ धान्यप्रसाद बराल सामान्य घाइते भएको प्रहरीले जनाएको छ । ट्याक्टर र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरिले जनाएको छ ।