झापा।
झापाको गौरीगञ्जमा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।
गौरीगञ्ज गाउँपालिका –१ स्थित हुलाकी राजमार्गमा कुञ्जिबारीबाट धनगढातर्फ जाँदैं गरेको बा ६५ प ८७८६ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई रोडको बायाँ साइडमा रहेको पिल्लरमा ठोक्किन गई दुर्घटना भएको थियो ।
दुर्घटनामा मोटरसाइकल चालक शिवसताक्षी नगरपालिका–४ बस्ने १७ वर्षीय सुरज राजवंशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
नाक, अनुहार र टाउकोमा चोट लागेर घाइते भएका राजवंशीलाई उपचारको लागि दमक अस्पताल दमकतर्फ पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरी कार्यालयले जनाएको छ ।