अर्जुनधारामा सामुदायिक कुकुर बन्ध्याकरण शिविर सम्पन्न

0
59

अर्जुनधारा, रेबिज रोग नियन्त्रण कार्यक्रम अन्र्तगत झापाको अर्जुनधारा नगरपालिका पशुपन्छी तथा मत्स्य विकास शाखाको आयोजनामा आयोजित तीन दिने निःशुल्क सामुदायिक कुकुर बन्ध्याकरण शिविर बुधबार सम्पन्न भएको छ ।
बिर्तामोड–५स्थित हाम्रो भेटेरिनरी सेवा सहकारी संस्था लिमिटेडको सहआयोजनामा आयोजित शिविरमा १६० वटा पोथी र ५४ वटा भालेसहित २१४ वटा कुकुरको बन्ध्याकरण गरिएको शाखा प्रमुख पदमलाल राईले जानकारी दिए ।
सह–आयोजक संस्थाका अध्यक्ष डा. दिलीप सापकोटा र सर्जन विशेषज्ञ डा. सिजन सैंजुको नेतृत्वमा १८ जना बढी प्राविधिकले शिविरमा सेवा प्रदान गरेका थिए । बन्ध्याकरण गरिएका जम्मा २१४ वटा मध्ये ८७ वटा घरपालुवा कुकुर रहेको छ । “घरमा पालिएका कुकुरहरुबाट पनि हुनसक्ने रेबिजको जोखिमलाई न्यूनिकरण गर्न बन्ध्याकरण गरेका हौं”–शाख प्रमुख राईले स्पष्ट पारे ।
त्यसैगरी सोही कार्यक्रमअन्र्तगत गत फागुन १३ गतेबाट अर्जुनधारा नगरपालिका अन्र्तगतका विभिन्न वडामा सञ्चालन गरिएको रेबिजबिरुद्धको खोप कार्यक्रममार्फत १८९६ वटा कुकुरलाई खोप दिइएको बताइएको छ । अब अर्जुनधारा–३ र ६ नं. वडामा खोप दिने कार्य बाँकी रहेको छ ।
नगर उपप्रमुख खड्गमाया पराजुलीको अध्यक्षतामा आयोजित खड्गमाया पराजुलीको अध्यक्षतामा आयोजित कार्यक्रममा हाम्रो भेटेरिनरी सेवा सहकारी संस्था लिमिटेड र सर्जन विशेषज्ञ डा. सैंजुलाई प्रशंसा पत्र प्रदान गरिएको थियो । त्यस्तै शिविरमा संलग्न १८ जना प्राविधिकलाई पनि सम्मानित गरिएको थियो ।
नगर कार्यपालिका सदस्य एवम् आर्थिक विकास समितिकी संयोजक गौरीमाया चिमरीयाले कार्यक्रमको औचित्यसहित स्वागत गरेको कार्यक्रममा डा. सैंजुले रेबिज रोग सर्ने कारण र नियन्त्रणका विषयमा आफ्नो धारणा राखेका थिए । उक्त कार्यक्रमको सञ्चालन शाखा प्रमुख राईले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here