सुखानी , नेकपा एमालेले इलामको सुखानीमा श्रद्धान्जली सभा बुधवार गरेको छ । ५३औ शहिद दिवशको अबसरमा इलाम जिल्लाको सुखानी खण्डमा २०२९ साल फागुन २१ गते नेपाली कम्युनिष्ट आन्दोलनका अगुवाहरूलाई प्रहरीले गोली हानी हत्या गरेको संझनामा बुधवार श्रद्धान्जली सभा गरिएको हो ।
झापा विद्रोहका नाइके भनेर चिनिने रामनाथ दाहाल, नेत्र घिमिरे, कृष्ण कुइँकेल, बिरेन राजवंशी र नारायण श्रेष्ठको स्मृतिमा श्राद्धञ्जली सभा सम्पन भएको हो। श्रद्धाञ्जली कार्यक्रममा नेकपा एमाले केन्द्रीय उपाध्यक्ष गुरु बडालले सहिदहरूको सपनालाई समाजवादको पूर्वाधार निर्माण गर्न संकल्पका साथ अघि बढ्ने प्रतिबद्धता गर्नुभएको छ। नेपाली कम्युनिस्टहरूको संकल्प रहेको र सहिदको संकल्प पूरा गर्न लाग्नुपर्ने जानकारी दिनुभयो । प्रमुख अतिथि बडालले त्याग बलिदान र सङ्कल्पको कुरालाई अनुवाद गर्नुपर्ने बताउनुहुँदै संघीय लोकतान्त्रिक गणतन्त्रमा सुशासनको विकास र समृद्धिको आवश्यकता रहेको र सहिदहरूले देखाउन नभएको मार्गदर्शन भएकाले यसैलाई लिएर अगाडि बढ्ने संकल्प गरिएको बताउनुभयो ।
नेकपा एमाले झापा जिल्ला र इलाम जिल्ला कमिटीको संयुक्त आयोजनामा सम्पन्न श्रद्धाञ्जली सभामा झापा जिल्ला अध्यक्ष प्रेम गिरी, सहिद परिवारको तर्फबाट कल्पना घिमिरे लगायतले मन्तव्य राख्नु भएको थियो।
एमाले इलाम जिल्ला कमिटी अध्यक्ष गणेश प्रसाद बरालको अध्यक्षता र सचिव रविन्द्र सुवेदीको सञ्चालनमा सभा सम्पन्न भएको थियो। सभामा सहिद परिवार नेकपा एमालेका समर्थक शुभेच्छुक नेता कार्यकर्ता लगायत सयौंको सहभागिता रहेको थियो।