बिर्तामोड ।
झापाको बिर्तामोडमा रहेको अर्बन स्पेस कन्सल्टेन्सीले आफ्नो तेस्रो वार्षिक उत्सव मनाएको छ ।
अर्बन स्पेसका प्रबन्ध निर्देशक तुलसी पाठकको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल शैक्षिक परामर्श संघ इक्यान झापाका अध्यक्ष रोशन सुवेदी, इन्द्र संग्रौला, राज कानागमानी लगायतको आतिथ्य रहेको थियो ।
जापानिज भाषाको शैक्षिक परामर्श दिदैं आएको उक्त कन्सल्टेन्सीले छोटो समयमा धेरै विद्यार्थी तथा अभिभावकको मन जित्न सफल भएको छ । कार्यक्रममा शुभकामना दिदैं इक्यान झापाका अध्यक्ष सुवेदीले शैक्षिक परामर्शका क्षेत्रमा अर्बन स्पेसले महत्वपूर्ण योग्दान पु¥याएको भन्दै आगामी दिनमा अझ धेरै सफलताको कामना गरे । उनले इक्यानमा आबद्ध संस्थाहरुले शैक्षिक परामर्शको क्षेत्रमा नियम र कानुन अनुसार काम गरिरहेको उल्लेख गरे ।
तीन वर्षको अवधिमा ७० जनाभन्दा धेरै विद्यार्थीहरु अध्धयनका लागि जापान जान सफल भएको प्रबन्ध निर्देशक पाठकले जानकारी दिए । उनले अर्बन स्पेसमा झापासहित इलाम, पाँचथर, ताप्लेजुङ लगायतका विद्यार्थीहरु परामर्शका तथा भाषा सिक्नका लागि आाउने गरेको बताए ।
कार्यक्रममा अप्रिल इन्टेक २०२५ को जापानिज भाषा परीक्षामा उत्तिर्ण २५ जना विद्यार्थी तथा संस्थामा कार्यरत दुई जना कर्मचारीलाई वार्षिक उत्सवका अवसरमा सम्मान गर्दै विदााई गरिएको थियो ।