चारआली।
बाल पुष्पिका बाल विकास मन्टेश्वरीले ७ औं दीक्षान्त समारोह एबम अभिभावक दिवस सम्पन्न गरेको छ।
युकेजी र वानका ११ जना बालबालिकालाई सो समारोह बीच दीक्षित गरेको हो । संस्था की संस्थापक एबम प्रिन्सिपल भारती लिम्बूको सभापतित्व तथा मेचीनगर १३ का वडाध्यक्ष कृष्णराज सिग्देलको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो।
विविध सास्कृतिक नृत्यहरुसहित कार्यक्रम सम्पन्न भएको थियो । विगत ७ बर्षदेखि सञ्चालित सो संस्था मेचीनगर १३ कै नमुना रहेको वडाध्यक्ष सिग्देलले बताए।
विभिन्न विधामा उत्कृष्ट बालबालिकालाई पुरस्कृत गरिएको कार्यक्रममा सेन्टपल्स अग्रेजी माविका प्रिन्सिपल अजय आले मगर, टेकेन्द्र ढकाल, सिलिगुडीका शिक्षक जर्ज मेन्थ्ट्री लगायतको आतिथ्य रहेको थियो।