विमल दहाल, महमाई ।
मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर इलामका एक व्यक्तिको शनिवार ज्यान गएको छ।
माई नगरपालिका वडा नम्बर-८ लालखोला इलामका ४६ बर्षिय मदन राईको शनिवार विहान अन्दाजी ९:३० वजे मोवाएल चार्ज गर्ने क्रममा करेन्ट लागेर ज्यान गएको हो।
घरका एक्लै रहेको समयमा मोवाएल चार्जमा राखि चलाउदै गर्दा विधुत सर्ट भई मोवएल पड्किएर करेन्ट लागेको र आफ्नै छातिमा मोवाएल रहेको अवस्थामा परिवारका सदस्यले दिउँसो ११ बजे देखेको नेकपा माओवादी माई नगर कमिटी सचिव मदन लोक्तामले जानकारी दिनुभयो ।
शुक्रबार साँझदेखि बिधुत अवरुद्ध रहेको माई नगरपालिकामा शनिवार विहान ९ बजे मात्र भोल्टेज घटवढ हुदै बिधुत आएको थियो। मृतक राई नेकपा माओवादी माई नगर कमिटी सदस्य रहेको वताईएको छ।