ज्वाईले गरे जेठी सासुको हत्या

0
441

विमल दहाल
इलाम , इलाम माई नगरपालिका वडा ४ सिंजालीटारमा ज्वाईंले जेठीसासुको हत्या गरेका छन् । धारिलो हतियार प्रहार गरी ५२ र्षीया भूमिका चापागाईको ज्याईले हत्या गरेका हुन् । शुक्रबार साँझ ७ वजेका समयमा छिमेकीकोमा दुध लिन जाँदै गरिकी चापागाईलाई माई ४ शुक्रबारे घर भई सिंजाली कार्कीटार आसपास बस्दै आएका वहिनी ज्वाई शान्तिराम दुलालले धारिलो हतियार खुकुरी प्रहार गरेका थिए । कन्चट र गर्धनमा गहिरो चोट लागेकी चापागाईलाई उपचारका लागि माई अस्पताल हुँदै वि एण्ड सी अस्पताल विर्तामोड पुर्याएको भएपनि रातको १०स्२५ वजे मृत्यु भएको वि एण्ड सी अस्पतालका सुपरभाइजर केशब दुलालले जानकारी दिए ।

दुलाल संग उनी श्रीमती गीता चापागाईको माना चामल र अंश मुद्दा अदालतमा चलिरहेका अवस्थामा गत महिना जिल्ला अदालत परिसरमा जेठी सासु मृतक भुमिका माथि विवाद भएको र जेठीसासुले अभद्र व्यवहार भएको भन्दै दुलाल विरुद्ध‌ मुद्दा दायर गरेकी थिइन्। प्रहरीले दुलाललाई फरार सुचिमा राखेर खोजि गरिरहेको थियों । दुलालले प्रतिसोधका आधारमा भुमिकाको हत्या गरेको हुन सक्ने वताईएको छ। हत्या आरोपी दुलाललाई जिल्ला प्रहरी कार्यालय इलाम शुक्रवार साँझनै लगिएको लोदिया प्रहरी चौकी दानाबारीमा प्रहरी हवल्दार श्याम बजगाईले जानकारी दिए ।

मृतक चापागाईको शव वि एण्ड सी अस्पताल विर्तामोडमा रहेको र शनिवार प्रदेशिक अस्पताल भद्रपुर झापामा पोष्टमार्टम गरिने वताईएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here