वस दुर्घटना हुँदा १३ शिक्षक सहित २३ जना घाइते

0
49

झापा, काठमाण्डौबाट यात्रु लिएर झापा आउँदै गरेको रात्री बस दुर्घटना भएको छ । दुर्घटनामा परी शिक्षक सहित २३ जना घाइते भएका छन् ।
सयपत्री यातायातको प्र १ ०१ ००१ ख ४२३५ नम्बरको बस शिवसताक्षीस्थित दुधे माइधार सडक खण्डको मिलन चोकमा आज बिहान ४स्४० बजे दुर्घटना भएको हो । मेचीनगरका १३ जना शिक्षक सहित २३ जना यात्रु बसमा रहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ । घाइतेहरुको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ । उनीहरूको बिर्तामोडस्थित बिएण्डसी, बिर्तासिटीलगायतमा उपचार भई रहेको बताइएको छ । दुर्घटनाका कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । समा सवार शिक्षक काठमाडौंमा जारी शिक्षक आन्दोलनमा सहभागी भएर फर्कदै गरेका थिए । उनीहरु मेची नगरको भएको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here