प्याब्सन अर्जुनधारालाई फुटसल प्रतियोगिताको उपाधि

0
33

अर्जुनधारा,१९औं लोकतन्त्र दिवसको सन्दर्भमा नेपाल निजामती कर्मचारी संगठन अर्जुनधारा नगर समितिद्वारा आयोजित एक दिवसीय फुटसल प्रतियोगिताको उपाधि प्याब्सन अर्जुनधाराले जितेको छ ।

अर्जुनधारा–६स्थित गमस्ता स्पोर्टस हबको फुटसल कोर्टमा भएको प्रतियोगिताको फाइनल खेलमा अर्जुनधारा प्रेस क्लबलाई ०–४ गोल अन्तरले पराजित गर्दै प्याब्सले उपाधि जितेको हो ।

प्रतियोगिताको विजेता र उपविजेता हुने टिमले नगद पुरस्कार क्रमश पाँच हजार र तीन हजारसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् । त्यसैगरी प्रतियोगिताको उत्कृष्ट खेलाडी प्याब्सनका प्रजित गिरी र सर्वाधिक गोलकर्ता जनप्रतिनिधि–नगर प्रहरीका डम्बर तामाङलाई ट्रफीसहित नगद पुरस्कार प्रदान गरिएको छ ।


अर्जुनधारा नगर खेलकुद विकास समितिको प्राविधिक सहयोग रहेको प्रतियोगितामा जनप्रतिनिधि–नगर प्रहरी, कर्मचारी ‘ए’, कर्मचारी ‘बी’, शिक्षक महासंघ, प्याब्सन र अर्जुनधारा प्रेस क्लबको सहभागिता रहेको थियो ।

समितिका अध्यक्ष त्रिविक्रम पोखरेलको अध्यक्षतामा आयोजित कार्यक्रमको प्रमुख अतिथि संगठन झापाका अध्यक्ष हिरण्य न्यौपानेले उद्घाटन गरेका थिए । नगरपालिकाका प्रवक्ता एवम् अर्जुनधारा–१०का वडाध्यक्ष भूपेन्द्र न्यौपानेलगायतले मन्तव्य राखेको कार्यक्रममा स्वागत समितिका सल्लाहकार संयोजक गोविन्द रिजालले गरेका थिए । उक्त कार्यक्रमको सञ्चालन समितिका सचिव हरिप्रसाद रिजालले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here