बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका २ स्थित रामचोकमा रहेको रामचौक सामुदायिक वन उपभोक्ता समितिको नयाँ नेतृत्व चयन भएको छ ।
शनिवार भएको वन समूहको २५ औं वार्षिक साधारणसभाले भोला धितालको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो । त्यस्तै उपाध्यक्षमा रमा घिमिरे, सचिव लेखनाथ खनाल, कोषाध्यक्षमा पर्शुराम बराम सर्वसम्मत चयन भएका छन् भने सदस्यहरुमा बद्री भट्टराई, सुरेन्द्र खरेल, रुपा कोइलारा सिग्देल, बिमला निरौला खनाल, दिपक भट्टराई चयन भएका छन् । २०५१ सालमा समुदायलाई हस्तान्तरण भएको यो वन २ हेक्टर क्षेत्रफलमा फैलिएको छ । वनभित्र हाल एक सामुदायिक भवन सञ्चालनमा रहेको छ । ३५ घर उपभोक्ता रहेको नवनिर्वाचित अध्यक्ष धिताल जानकारी धितालले जानकारी दिए ।
राजु गौतमको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख आतिथ्य संस्थापक अध्यक्ष लोकनाथ खनाल रहेका थिए । सामुदायिक वन महासंघ झापाका सचिव खिम आङ्वो लगायतको उपस्थिति रहेको थियो ।