झापा । एक पक्षको विरोधका बीच सम्पन्न जिल्ला सहकारी संघ झापाको निर्वाचनमा वहुसंख्यक पदमा नेकपा एमालेका उम्मेद्वार निर्वाचत भएका छन् ।
दलीय भागवण्डा अनुसारको सहमति नेकपा एमालेले उल्लंघन गरेको भन्दै नेपाली कांग्रेसले बहिष्कार गरेको निर्वाचनमा संघको खुल्ला उपाध्यक्षमा मेची सहकारीका अध्यक्ष नारायणप्रसाद भट्टराई निर्वाचित भएका छन् । भट्टराईले ११९ मत प्राप्त गरी विजयी हुँदा निकटतम् प्रतिष्पर्धी डिल्ली दाहालले १०६ मत प्राप्त गरे । यसैगरी सचिवमा नेकपा माओवादी केनदका तर्फबाट उम्मेद्वार वनेका भानु दंगाल १५० मत प्राप्त गरी विजयी बन्दा उनका प्रतिष्पर्धी युवराज गिरीले ६७ मत प्राप्त गरे ।
सहसचिवमा टसबहादुर प्रधान १७१ मत प्राप्त गरी विजयी बन्दा उउनका प्रतिष्पर्धी विनोद ढकालले ५९ मत प्राप्त गरेका छन् । संघको लेखा समिति संयोजकमा चुुडामणि ओझा १६३ मत प्राप्त गरी विजयी बन्दा उनका प्रतिष्पर्धी खडानन्द गुरागाईंले ६१ मत प्राप्त गरे । खुल्ला सदस्यमा काँशीनाथ घिमिरे, प्रेमसागर सापकोटा र नारायण गौतम निर्वाचित भए ।
झापा जिल्ला सहकारी संघको अध्यक्षमा प्रेम कोइराला लगायतका अन्य पदाधिकारी सदस्य भने यसअघि नै सर्वसम्मत भएका थिए ।
त्यस्तै वरिष्ठ उपाध्यक्षमा दुर्गाप्रसाद सापकोटा , महिला उपाध्यक्षमा देवी निरौला बस्नेत , कोषाध्यक्षमा केशव बस्नेत , महिला सदस्यहरुमा विन्दाकुमारी थापा , निलाकुमारी दाहाल , संगिता गजुरेल , पुष्पा अधिकारी चम्लागाँई क्षेत्रीय सदस्य क्षेत्र नं १ मा देवीमाया अधिकारी , क्षेत्रीय सदस्य क्षेत्र नं ३ मा हरिकृष्ण अधिकारी , क्षेत्रीय सदस्य क्षेत्र नं ४ मा तिलकप्रसाद सिंह राजवंशी सर्वसम्मत भएका थिए । त्यस्तै लेखा सुपरीवेक्षण सदस्यमा मिलन आचार्य र लेखा सदस्यमा राजेन्द्रप्रसाद रिजाल पनि सर्वसम्मत भएका थिए ।३१३ सदस्य रहेको संघमा २४६ मत खसेको थियो ।