झापा, जेसीज पूर्व अध्यक्ष समाज झापाको आयोजनामा एक दिवसीय क्षमता बिकास तालिम भद्रपुरमा सम्पन्न भएको छ ।
जेसीज पूर्व अध्यक्ष समाज झापाका अध्यक्ष रमेश पोखरेलको अध्यक्षता र समाजका सस्थापक अध्यक्ष छबिलाल खतिवडाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रम मा झापा भरिका २ प्रस्तावित सहित १८ वटा शाखाका अध्यक्ष पदाधिकारी सहित ४ जनाका दरले ७१ जनाको सहभागिता रहेकोे थियो ।
आस्था वाचन उषा श्रेष्ठले गरेको कार्यक्रममा स्वागत तथा औचित्य माथि प्रकाश अध्यक्ष रमेश पोखरेलले गरेका थिए ।
कार्यक्रममा विराटनगर जेसीजका पूर्व अध्यक्ष सेवक बजगाँई ,नेपाल जेसीजका पूर्ब महासचिव भरत प्रसाईं र भद्रपुर जेसजीका पूर्व अध्यक्ष बिजय तिम्सिनाले प्रशिक्षण प्रदान गरेका थिए ।
मेचीनगर लेडी जेसीज बर्ष २०२५ का अध्यक्ष सबिता पोखरेल,कमलनगर जेसीजका अध्यक्ष ,प्रस्तावित हल्दिवारी जेसीजका अध्यक्ष युनिता दवाडीले तालिम सहभागिताको अनुभव बारे बोलेका थिए । कार्यक्रममा धन्यवाद मन्तब्य समाजका उपाध्यक्ष विष्णु रिमालले राखेका थिए ।
कार्यक्रममा भद्रपुर जेसीजका अध्यक्षहरु उज्वल श्रेष्ठ, वसन्त पोखरेल, भरत प्रसाईं, सोम ढुङ्गेल,अनुज खतिवडा, वीरता लेडी जेसीजकी पूवृ अध्यक्ष राधा सुब्बा, वीरता जेसीजका पूर्व अध्यक्ष याम खड्का, गौरादह जेसीजका हरिचन्द्र अधिकारी, सतासिधाम जेसीजका कुमार सिङ्ग सावा, निर्मला प्रधान, बारदशी जेसीजका सस्थापक अध्यक्ष बिगम श्रेष्ठ , कमल नगरको अध्यक्ष भीम अधिकारीसमेतको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन महासचिव ऋषिराज तिम्सिना र सचिब प्रकाश भण्डारीले संयुक्त रुपमा गरेका थिए ।