सुन्दरहरैंचामा रक्तदान कार्यक्रम सम्पन्न

0
38

बिराटनगर,

आज १३६औँ मदुर दिवसको अवसर पारेर स्वतन्त्र नागरिक समाज सुन्दरहरैंचा मोरङले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।

समाजले ‘रक्तदान जीवन दान, रक्तदान गरी पुण्य कमाउँ’ भन्ने मूल नाराका साथ नेपाल रेडक्रस सोसाईटी प्रादेशिक रक्तसञ्चार सेवा बिराटनगरको प्रवाधिक सहयोगमा बिराटचोकमा रहेको सीता मेडिकलमा खुल्ला रक्तदान गरेको हो ।

स्वतन्त्र नागरिक समाज सुन्दरहरैंचा र इटहरी सम्बद्ध पदाधिकारीसँगै सदस्य तथा शुभेच्छुकहरूले रक्तदान गरे भने अन्य सहभागीहरूले गरी २७ जना रक्तदाताहरूले रक्तदान गरेको समाजका सदस्य तथा सामाजिक अभियन्ता नेत्र प्रसाद चौलागाईले जानकारी दिए।

पहिलो पटक रक्तदान गर्दै अभियन्ता चौलागाईले जिल्लामा रगतको अभाव भएर कुनै पनि विरामी समस्यामा नपरोस् भनेर आफूले पनि रक्तदान गरेको बताए।

स्वतन्त्र नागरिक समाज सुन्दरहरैंचाका अध्यक्ष चिरञ्जीवी शिवाकोटीको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा ड्यासमा बसेका अतिथिहरूले कार्यक्रमकाे प्रशंसा गर्दै रक्तदान जीवनकै एउटा महत्तवपूर्ण कार्यक्रम भएको बताएका थिए ।

कार्यक्रमको प्रमुख अतिथि जेष्ठ नागरिक समाज सुन्दरहरैंचाका महासचिव राम प्रसाद गजुरेल रहेका थिए। कार्यक्रममा स्वतन्त्र नागरिक समाजका पदाधिकारीहरु सहित समाजका गन्य मान्य व्यक्तिहरुको उपस्थिति रहेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here