झापा, लक्ष्मीपुर खानेपानी तथा सरसफाई उपभोक्ता समितिको अध्यक्षमा नेत्र वहादुर नेपाल निर्वाचित भएका छन् । अध्यक्ष पदका प्रत्यासी उम्मेद्वार मोहन लुइटेललाई पछि पार्दै नेपाल अध्यक्षमा निर्वाचित भएका हुन् । नेपालले ६२६ प्राप्त गर्दा लुइटेलले २८३ मत प्राप्त गरे । अध्यक्षमा निर्वाचित नेपाल संयुक्त समावेशी समूहका तर्फका उम्मेद्वार बनेका थिए ।
त्यस्तै उपाध्यक्षमा छविलाल खतिवडाले (६२२) मत प्राप्त गर्दै निर्वाचित भएका छन् । उनले सुरज शर्मा भण्डारीलाई पराजीत गरेका हुन् ।
सचिव पदमा बुद्धिसागर कट्टेल (५१२) मत, कोषाध्यक्षमा टेकबहादुर बस्नते (४१४) ले मत प्राप्त गर्दै निवाृचित बने ।
महिला सदस्य पदमा संयुक्त समावेशी समूहकै गीता कार्की डाँगी (४८१) तारादेवी धमला (४४३) रत्ना खड्का (३९८) मत प्राप्त गरेर निर्वाचित भए ।
खुला सदस्य तर्फ चितबहादुर बस्नेतले (४६७) र गञ्जबहादुर बुढाथोकी ३८६ मत प्राप्त गरेर विजयी भएका छन भने ।
१ हजार १७८ मतदाता मध्ये निर्वाचनमा कुल ९४१ मत खसेको थियो भने जसमा ११ मत बदर भएको निर्वाचन अधिकृत रुपक दाहालले जानकारी दिएका छन्।
अर्जुनधाराका केही वडा र कनकाई नगरपालिकाका केही वडामा यो खानेपानी संस्थाले सेवा पु¥याउँदै आएको छ ।