अर्जुनधारामा प्रदेशस्तरिय प्रथम मेयर कप तेक्वान्दो प्रतियोगिता सुरु

0
72
अर्जुनधारा, अर्जुनधारा नगर तेक्वान्दो समितिको आयोजनामा दुई दिने कोशी प्रदेशस्तरिय प्रथम मेयर कप तेक्वान्दो प्रतियोगिता शुक्रबारदेखि झापाको अर्जुनधारामा सुरु भएको छ ।
अर्जुनधारा नगर खेलकुद विकास समिति सहआयोजक रहेको उक्त प्रतियोगिता पालिकामा तेक्वान्दो खेलको निरन्तरता एवम् स्थानीय खेलाडीको प्रदेशस्तरिय क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको प्रतियोगिता मूल आयोजक समारोह समितिका संयोजक कुमार भट्टराईले बताए ।
संयोजक भट्टराईका अनुसार प्रतियोगिताअन्र्तगत पुरुषतर्फ ५१ केजी तल, ५४ केजी तल, ५७ केजी तल, ६० केजी तल र ६३ केजी तल, महिलातर्फ ४० केजी तल, ४३ केजी तल, ४६ केजी तल, ४९ केजी तल र ५२ केजी तल तौल समूहमा खेलहरु तथा एकल खुल्ला पुरुष र महिला पुम्से प्रतियोगिता हुने बताइएको छ ।
अर्जुनधारा–८स्थित शनिश्चरे मावि कभर्ड हलमा सञ्चालन हुने प्रतियोगितामा आयोजकसहित झापा, इलाम, पाँचथर, मोरङ, सुनसरी, उदयपुर, भोजपुर, संखुवासभा र ओखलढुंगाका एक सय जना खेलाडीको सहभागिता हुने छ ।
नेपाल तेक्वान्दो संघ कोशी प्रदेश समितिको प्राविधिक सहयोग रहेको प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने टीमले नगद पुरस्कार क्रमश १० हजार, आठ हजार र पाँच हजारसहित ट्रफी र प्रमाण पत्र प्राप्त गर्ने छन् । त्यसैगरी तौल समूहमा प्रथम, द्वितीय र तृतीय हुने खेलाडीले स्वर्ण, रजत र कास्य पदकसहित प्रमाण पत्र प्राप्त गर्ने छन् ।
प्रतियोगिता मूल आयोजक समारोह समितिका संयोजक भट्टराईको अध्यक्षतामा आयोजित उक्त प्रतियोगिताको प्रमुख अतिथि अर्जुनधारा नगरपालिकाकी उपप्रमुख खड्गमाया पराजुलीले उद्घाटन गरेकी थिइन् । उद्घाटन कार्यक्रमको सञ्चालन रेडियोकर्मी दीपक ढुंगानाले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here