दशनामी समाजका कुल गुरुको जन्मजयन्ती मनाइयो

0
28

झापा, नेपाल दशनामी समाज बिर्तामोड नगरसमितिले कुल गुरु शंखराचार्यको १२३७ औं जन्म जयन्ती मनाएको छ । समाजले शुक्रवार बिर्तामोडस्थित कार्यालयमा कुल गुरु शंकराचार्यको तस्बीरमा फूल गुच्छा अपर्ण गर्दै जन्म जयन्ती मनाएको हो । समाजका बिर्तामोड नगर अध्यक्ष खड्गराज गिरीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत वरिष्ठ उपाध्यक्ष खेमराज गिरीले गरेका थिए ।
कार्यक्रममा कोषाध्यक्ष विदुर गिरी, सदस्य रणवहादुर गिरी, नगरका प्रेस सल्लाहकार उद्धव पुरी, सदस्य माया गिरी लगायतले शंकराचार्यको तस्वीरमा माल्यार्पण गर्दै पुष्प गुच्छा अर्पण गरेका थिए । कार्यक्रमको संचालन सचिव प्रजीत पुरीले गरेका थिए ।
दशनामी समाज बिर्तामोड नगर समितिले प्रत्येक बर्ष दशनामीका कूलगुरु शंकराचार्यको जन्मजयन्ती मनाउँदै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here