शिवसताक्षीमा मेलमिलाप सम्बन्धी आधारभूत तालिम सम्पन्न

0
99

झापा — झापाको शिवसताक्षी नगरपालिकामा वैशाख १३ गतेदेखि सुरु भएको मेलमिलाप सम्बन्धी आधारभूत तालिम सम्पन्न भएको छ।
न्यायिक समितिको आयोजनामा र युवाकेन्द्र नेपाल कन्काईको संयोजनमा सञ्चालित तालिम मानव अधिकार मञ्च नेपाल इलामको सहजीकरणमा भएको हो।
मेलमिलाप सम्बन्धी आधारभूत तालिम भनेको समुदायमा देखिने साना–ठूला वादविवाद तथा झैझगडाहरू आपसी समझदारी र संवादमार्फत समाधान गर्न आवश्यक सीप, विधि र दृष्टिकोण सिकाउने तालिम हो। यसमा द्वन्द्व समाधानका चरण, पक्षहरूबीच सहजीकरण गर्ने तरिका, निष्पक्षता र गोपनीयताको महत्त्वबारे अभ्याससहित जानकारी दिइन्छ।
शिवसताक्षी नगरपालिका–स्थित होटल हाइजेनिकमा सम्पन्न तालिममा नगरका जनप्रतिनिधि तथा वडाले सिफारिस गरेका स्थानीय गरी करिब ३० जना सहभागी थिए। तालिममा मेलमिलापको विधि र व्यवहारमा आधारित अभ्यासहरू गराइएको थियो।
समापन समारोहमा उपप्रमुख नरमाया कार्कीले भनिन्, “अब नगरका साना–ठूला वादविवादहरू बाहिर लैजानु पर्दैन ।स्थानीय तहमै समाधान हुनेछ।” उनले थपिन्, “हिजो बलले मुद्दा मिलाइन्थ्यो भने अब बुद्धि प्रयोग गरेर छलफलका आधारमा मिलाउने हो।”
तालिममा सहभागीलाई नगरपालिकामा सूचीकृत गरी टोल–टोलमा वादविवाद मिलाउने अभियन्ताको रूपमा परिचालन गरिने कार्कीले जानकारी दिइन्।
तालिममा मानव अधिकार मञ्च, इलामका मानव अधिकारवादी देवेन्द्र बिक, युगराज सापकोटा र मणिकुमार केरुङले प्रयोगात्मक विधिबाट प्रशिक्षण दिएका थिए।
कार्यक्रममा कार्यकारी प्रमुख सुनिता तुम्बाहाम्फेले भनिन्, “तालिमले व्यक्तिको मात्र होइन, समग्र नगरको विकासमा योगदान पुर्‍याउँछ।”
आर्थिक प्रशासन शाखा प्रमुख प्रकाश योङहाङले भने, “नगरपालिकाको लगानी अनुसारको प्रतिफल पालिकाले पाएको छ, अब वादविवादहरू मेलमिलापबाटै समाधान हुने मा हामी ढुक्क छौँ।”
तालिममा सहभागी कार्यपालिका सदस्य गोमा रिजाल, वडापालिका सदस्यपूजा नेपाली र पूर्व शिक्षक श्रीप्रसाद खरेलले तालिम अत्यन्तै उपलब्धिमूलक भएको प्रतिक्रिया दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here