करेन्ट लागेर एक जनाको मृत्यु

0
16

ताप्लेजुङ ।

ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ मा करेन्ट लागेर एक जना कामदारको मृत्यु भएको छ ।

ताप्लेजुङ मेरिङदेन–३ खाम्लुङमा रहेको युनाईटेड हाईड्रोपावर अन्तर्गत रामेछाप कन्ट्रकसनको आउटलेट साईडप्लान्टमा काम गर्ने ईलामको माई नगरपालिका– १ बतासे का २४ वर्षीय खगेन्द्र राईले हाईड्रोपावरको लेबर क्याम्प बनाउने क्रममा अचानक फलामको रड तिन फेजमा टाँसिएर करेन्ट लाग्दा घाईते भएका थिए ।

घाईते उनलाई उपचारको लागि जिल्ला अस्पताल ताप्लेजुङ लगिएकोमा उपचारको क्रममा चिकित्सकले उनलाई मृत घोषित गरेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here