दहीझोडामा निःशुल्क पशु स्वास्थ्य घुम्ती शिविर सम्पन्न

0
74
अर्जुनधारा ।
झापाको अर्जुनधारा–४ स्थित दहीझोडा क्षेत्रका पशुपालक कृषकहरुलाई लक्षित गरि पशुपन्छी तथा मत्स्य विकास शाखाको आयोजनामा सोमबार एक दिने निःशुल्क पशु स्वास्थ्य घुम्ती शिविर सम्पन्न भएको छ ।
शाखा अन्र्तगत अर्जुनधारा–९स्थित कटहरडाँडामा रहेको भेटेरीनरी अस्पतालबाट प्रदान गरिने विभिन्न सेवा बारे पशुपालक कृषकहरुलाई जानकारीसँगै अस्पतालबाट प्रदान गरिने सेवाहरुमा उनीहरुको पहुँच पु¥याउने उद्देश्यले उक्त शिविरको आयोजना गरिएको शाखा प्रमुख पदमलाल राईले जानकारी दिए ।
शाखाको चालु आर्थिक वर्ष २०८१÷०८२को स्वीकृत वार्षिक निती तथा कार्यक्रम अनुसार आयोजित शिविरमा आन्तरिक तथा बाह्य परजिवी नियन्त्रणको लागि उपचार तथा औषधी वितरण सेवा, बन्ध्याकरण, बाँझोपन निवारण, भिटामिन फिड सप्लीमेन्ट वितरणलगायतका सेवाहरु प्रदान गरिएको थियो ।
वडाध्यक्ष अम्बरबहादुर कटुवालको अध्यक्षतामा आयोजित उक्त शिविरको प्रमुख अतिथि अर्जुनधारा नगरपालिकाकी उपप्रमुख खड्गमाया पराजुलीले उद्घाटन गरेकी थिइन् । वडा सदस्य अमृतबहादुर बुढाथोकीले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन शाखा प्रमुख राईले गरेका थिए ।
 शाखाले उपलब्ध गराएको तथ्याङ्क अनुसार ९८ घरधुरीका कृषकहरु प्रत्यक्ष लाभान्वित भएको शिविरमा एक हजार ७५ वटा पशुपन्छीले सेवा पाएको बताइएको छ । जसअनुसार आन्तरिक तथा बाह्य परजिवी नियन्त्रणको लागि उपचार तथा औषधी वितरण सेवातर्फ ६९ वटा राँगा–भैंसी, ९७ वटा गाई–गोरु, ४४० वटा भेडा–बाख्रा, ९५ वटा सुँगुर–बंगुर, ३५० वटा कुखुरा, १९ वटा बोकाको बन्ध्याकरण र ५ वटा गाई–भैंसीको गर्भ परीक्षण गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here