धरमपुरमा रक्तदान कार्यक्रम सम्पन्न, ५६ जनाले गरे रक्तदान

0
33

धरमपुर,
शिवशताक्षी नगरपालिका–१ स्थित धरमपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १६औं स्थापना दिवसको अवसरमा खुला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। सोमबार आयोजित कार्यक्रममा ५६ जनाले रक्तदान गरेका थिए, जसमा ४१ पुरुष र १५ महिला सहभागी थिए।
कार्यक्रमको जानकारी व्यवस्थापक विनोद ढकालले दिएका हुन्। उनका अनुसार, रक्तदान कार्यक्रम नेपाल रेडक्रस सोसाइटी दमक उपशाखाको प्राविधिक सहयोगमा संस्थाको मुख्य कार्यालय धरमपुर चोकमा सम्पन्न भएको हो।
संस्थाले हरेक वर्ष विविध सामाजिक तथा जनकल्याणकारी कार्यक्रम सञ्चालन गर्दै स्थापना दिवस मनाउने परम्परा राख्दै आएको छ। रक्तदान कार्यक्रमलाई सफल बनाउन स्थानिय युवाहरु, स्वयंसेवक र सामाजिक अभियन्ताहरुले समेत सक्रिय सहभागिता जनाएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here