रेबिज लागेर एक जनाको मृत्यु

0
17

चितवन,

रेबिज लागेर इच्छाकामना गाउँपालिका–२ का ३२ वर्षीय मीनबहादुर प्रजाको मृत्यु भएको छ ।

निजको भरतपुर अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले जानकारी दिनुभयो ।

केही महिनाअघि उहाँलाई कुकुरले टोकेको थियो । उपचारमा विलम्ब हुँदा निजको मृत्यु भएको हो ।

उहाँ उपचारका लागि हिजो बुधबार अस्पताल भर्ना हुनुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here