फोटो प्रतियोगितामा स्मारिका, खुशी र भद्रपुर जुनियर जेसीज विजेता

0
67

बिर्तामोड ।

वीरता जुनियर जेसीजले आयोजना गरेको फोटो प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ । प्रतियोगितामा स्मारिका तिवारी, खुशी कटुवाल र भद्रपुर जुनियर जेसीज विजेता बनेका छन् ।

इडूभिजन नेपाल प्रालिको सहकार्यमा सम्पन्न भएको फोटो प्रतियोगितामा तिवारी प्रथम भएकी हुन् । तिवारीद्वारा अपलोड गरिएको फोटोले सर्वाधिक सार्वजनिक प्रतिक्रिया प्राप्त गर्दै सामाजिक सेवाको भावना समेत प्रभावकारीरूपमा झल्किएको भन्दै उनी प्रथम भएकी हुन् ।

तस्वीरहरु वीरता जुनियर जेसीजको आधिकारिक फेसबुक पेज मार्फत सार्वजनिक गरिएको थियो । त्यस्तै खुशी कटुवालको तस्वीरले दोस्रो स्थान प्राप्त गर्न सफल भएको छ । प्रतियोगितामा भद्रपुर जूनियर जेसीज तेस्रो हुन सफल भएको वीरता जुनियर जेसीजका अध्यक्ष अस्मित गोर्साइले जानकारी दिए । फोटो मार्फत जेसीजका गतिविधि झल्काएकाको भद्रपुर जुनियर जेसीज तेस्रो हुन सफल भएको हो ।

राजवंशी पहिचान झल्काउने उत्कृष्ट क्याप्सनको सम्मान कञ्चन राजवंशीले प्राप्त गरिन् । सांस्कृतिक परम्परा विषयमा सहभागी राजवंशीले प्रस्तुत गरेको फोटोले राजवंशी समुदायको पहिचान, पोशाक र मौलिक संस्कृतिलाई उजागर गरेको भन्दै उनलाई सम्मान गरिएको हो ।

प्रतियोगिता मार्फत युवाहरूमा लुकेका फोटोग्राफी सिप, मौन प्रतिभा र भावनात्मक अभिव्यक्तिलाई उजागर गर्ने उद्देश्य राखिएको थियो । प्रतियोगितामा गुगल वा अन्य माध्यमबाट प्राप्त तस्वीर तथा कृत्रिम मतहरू प्रयोग गर्ने केही तस्वीरहरूलाई असलीपनको मापदण्ड अनुसार अयोग्य घोषित गरेको आयोजकले जनाएको छ ।

प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र उत्कृष्ट क्याप्सन स्थान हासिल गर्ने विजेताहरूलाई नगद पुरस्कार, ट्रफी, गिफ्ट ह्याम्पर र प्रमाणपत्रहरू वीरता जूनियर जेसीजले आफ्नो आगामी कार्यक्रम मार्फत औपचारिक रूपमा प्रदान गर्ने जनाएको छ ।

वीरता जुनियर जेसीजका अध्यक्ष गोर्साइले यस्ता प्रतियोगिता केबल एक प्रतिस्पर्धा नभई युवाहरुको फोटोग्राफी प्रतिको लगाव र सिपलाई उजागर गर्ने अवसर भएको बताए । उनले प्रतियोगितामा सहभागिता जनाउने र आफूहरुलाई सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् । फोटो प्रर्दशनी प्रतियोगिता वैशाख ५ गतेबाट वैशाख २० गतेसम्म सञ्चालन भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here