शनिबारको दिन थियो । सबैजना बिहानै उठेर नित्यकर्म गरेपश्चात् आफ्नो आफ्नो कार्यमा लाग्यौँ । मैले आमा अफिस गएपछि भाइलाई तयार गरी आमासँगै अफिसमा पु¥याइदिएँ । बुबा आफ्नो नजिकी मित्रसँग केही कुराको छलफल गरेपछि नुहाएर खाना खानु भयो । म र मेरी बहिनी मिलेर घर सफा गरिसकेका थियौं । बुबा लुगा लगाएर तयार हुनु भयो । दिदीबहिनी दुबैले बुबा कहाँ जानुहुन्छ होला भनेर सोच्दै गर्दा बुबाले हामीलाई पनि तयार होऔ भन्नुभयो । बहिनी रत्नश्री र म तयार भएपछि बुबाले हामीलाई एक दिने भ्रमणमा कतै लैजाने कुरा बताउनुभयो । हामीले कहाँ लैजाने त ? भनी सोधेपछि सरप्राइज हो भन्नुभयो । दुवैजना त्यस भ्रमण स्थल पुग्न आतुर भयौं । करिब दुई बज्न लागेपछि हामी बुबाको बाइकमा त्यसस्थलतर्फ जाने बाटो लाग्यौँ । हामीले बुबालाई कुन ठाउँ जाने हो भनि प्रश्न सोध्यौँ तर, बुवाले भन्नुभएन ।
शुरुमा खेत लग्नुहुन्छ कि जस्तो लागेको थियो, तर खेत जाने बाटोको विपरीत मोडमा लग्नुभयो र बिर्तामोडको मुक्ति चोक पु¥याउनुभयो । बहिनीले फुपुकोमा लग्नुहुन्छ होला भनिन्, तर बुवाले लग्नु भएन । काकीकोमा पो लैजाने हो कि भनी सोच्दै गर्दा त बिर्ताबजार पनि कटिसकेछ । हुँदा हुँदै बुवाले सैनिक मोडको दृष्टि आँखा अस्पताल कटाउँदै लग्नुभयो । अब दुबै दिदीबहिनीको जिज्ञासाको ठेगानै थिएन । बाइक नरोकी जाँदाजाँदै गरामनी बजार पुगिएछ । त्यहाँको बाटो त साह्रै खराब रहेछ । बुबालाई बहिनीले फेरि प्रश्न गर्दागर्दै देउनिया पुल आइपुगेछ । छेउमा एउटा बोर्ड राखिएको थियो । त्यहाँबाट भद्रपुर नगरपालिका प्रस्थान गरेको थाहा पाइयो । त्यहाँ त साह्रै राम्रा घरहरू रहेछन् । बहिनी र म त साह्रै अचम्मित भयौँ । बुबाले गाडी अगाडि बढाउनुभएको देखेर मैले झट्ट चन्द्रगढी लानुभएको हो भनेर बुवालाई सोधेँ । बुबाले खै होला भन्नुभयो । बिस्तारै बाइकको रफ्तार बढाउँदै जाँदा धनुष मोड पुगिएछ । बुबाले हामीलाई धनुष मोडबाट चारआली जाने बाटो तथा मेची राजमार्ग देखाउनुभयो । त्यसपछि अघि बढ्दै गर्दा हामी चन्द्रगढी पुगेछौँ ।
चन्द्रगढीमा गाडी गुडाउँदै जाँदा बुबाले हामीलाई त्यहाँस्थित मेची रङ्गशाला देखाउनुभयो । त्यस भव्य र विशाल रङ्गशाला देखेर हामी अचम्ममा प¥यौँ । बुबाले गाडी हाँक्दै लानुभयो र हामी चन्द्रगढी विमानस्थललाई झट्ट हेरी उक्त बाटो छोड्दै अर्को बाटो लाग्यौँ । अब चाहिँ बुवाले टाढै लानुभएको रहेछ जस्तो लाग्यो । मनमा जिज्ञासा जगाउँदै गयौँ । बाटामा बुबाले गाडीमा तेल हाल्न भनी झापा चोकमा रोक्नुभयो । त्यसपछि हामीलाई हुलाकी मार्ग देखाउनुभयो । तर, हुलाकी मार्गलाई छोड्दै हामी ज्ञाने चोकतिर प्रस्थान ग¥यौैँ ।
बाटोमा दुबै दिदी बहिनीलाई अल्छी लागेपछि रमाइला नेपाली गीत गाउँदै गयौँ । अलि अगाडि पुग्दा ज्ञानेचोक लाई बिदा गरी दोस्रो देउनिया पुल काटियो । पुल नजिकै देब्रेपट्टि कब्रस्थान (चिहानघारी) देख्यौँ । दाहिनेपट्टी चाहिँ मकैबारी तथा अन्य खेतहरू देख्याँं । एकैछिनपछि गाडी अचानक उडेको जस्तै लाग्यो । अगाडि बोर्डमा हेर्दा सगरमाथा चोक पुगेको थाहा पाइयो । त्यहाँ अलि अगाडि किच्चकबध प्रवेशद्वार रहेछ । अलि अगाडि पुग्दा सोमबारे आइपुग्दो रहेछ । सोमबारेमा अत्यन्तै सुन्दर फूलले सजाएका घरहरू रहेछन् । हेर्दाहेर्दै हिमाली पनि आइपुगिएछ । यत्रो बाटो आउँदा पनि किन बुबाले गाडी रोक्नु हुँदैन भन्ने मेरो मनमा प्रश्नहरुको भण्डार थपियो । बिस्तारै बनियानी बजार पुगियो । हुकाहुकी चोक पनि पुग्यौँ । बनियानी चोकलाई हुकाहुकी चोक भनिँदोरहेछ ।
हुकाहुकी चोकमा हात्तीको मूर्ति देख्यौं । बहिनीले त्यो मूर्ति के बाट बनेको हो भनि बुबालाई सोधी । बुबाले झट्टै फाइबरबाट बनेको भनेर उत्तर दिनुभयो । हाम्रो यात्रा रोकिएको थिएन । गाडी अघि बढाउँदै हामी सुकुनाडिगी पुग्यौँ । त्यहाँ घर बाहिर बस्नुभएका आमाबुबालाई बुबाले भ्रमणस्थलको बाटो देखाइमाग्नुभयो । त्यही बाटो जाँदै गर्दा पुरानो केचना गाविस महेन्द्ररत्न मावि पुगिएछ । त्यहाँबाटोमा बाबाले रोकी चिसो पेय पदार्थको खरिद गर्नुभयो । त्यसपछिका ठाउँहरू धेरै विकास भएका थिएनन् । किन यस्तो भएको होला भनी म आफैँलाई प्रश्न गर्दै थिएँ । तब तुरुन्तै नेपाल र भारत विभाजन भएको ठाउँ आइपुगिएछ । त्यस ठाउँलाई हेर्दाखेरि हामी हाम्रो घरबाट अत्यन्तै टाढा आइपुगेको हामीलाई बल्ल आभास भएको थियो । अलिकति अगाडि विशाल प्रवेशद्वार थियो । प्रवेशद्वारभित्र पस्दा बस्दै पोखरी देख्यौँ । गाडी रोकी छेउको चौतारामा बसी मैले बुवालाई हामी कहाँ आएको भनी सोधेपछि बुवाले कचनकबल स्तम्भ भनी जवाफ दिनुभयो । बहिनीले किन यो स्थान ल्याउनुभएको भनी सोधेपछि बुबाले कचनकबल स्तम्भ नेपालकै सबैभन्दा होचो ठाउँ हो भनि चिनाउनुभयो ।
कचनकबल स्तम्भ समुद्री सतहबाट मात्र ६० मिटरको उचाइमा रहेको छ भन्दा दुबै दिदी र बहिनी दङ्ग प¥यौँ । त्यहाँ अन्य मानिस पनि भ्रमणका निम्ति आएका थिए । कतिपय मानिस त बुबाले चिन्नुभएको पनि थियो । मैले वरिपरि हेर्दा कचनकबल क्षेत्रको विकास नभएको र आवश्यक सुविधाहरू पर्याप्त नभएको महशुस गरेँ । त्यहाँ पानी खाने पसलको व्यवस्था समेत थिएन । त्यस ठाउँलाई अझै विकास गर्दै गएमा त्यो ठाउँ झापाको केन्द्र बिन्दू पनि बन्न सक्ने स्थान रहेको मलाई लाग्यो । वरिपरि साना फूलहरू तथा रुखहरू थिए भने अझ राम्रो देखिनेरहेछ । दुबै दिदीबहिनीले स्तम्भलाई आधारमा राखी मिलेर जहाँ छन् बुद्धका आँखा बोलको स्वदेश गान गाएर शरीरको ऊर्जा फिर्ता लियौँ । बुबा बहिनी र म मिलेर अन्य तस्वीर तथा गीतिमय भिडियोहरू बनायौं । समय हेर्दै अबेर भइसकेको थियो बहिनी र मैले त्यहाँ आउनुभएकी बढीआमालाई आफ्नो कला देखाई अचम्मित पार्यौं । ती बढिआमाले बहिनी र मेरो खुब तारिफ गर्नुभएछ ।
त्यहाँ घुमफिर गरेपश्चात अब घर जाने बेला भयो । हामी घर जाने तरखरमा लाग्यौँ । फर्केर आउँदा बाबाले झापा चोकबाट पूर्व मेची पुल लाँदै पुलका विषयमा पनि हामीलाई जानकारी दिनुभयो । पुलमा गरेको काम राम्रो रहेछ । त्यहाँ सुरक्षाकर्ताहरू तथा पुलिसहरू बस्नुभएको रहेछ । उहाँहरूसँग राम्रो कुराकानी भएपश्चात् बुवाले बहिनी र मेरो विभिन्न तस्वीरहरू खिच्नुभयो । त्यहाँबाट पारि हेर्दा त मेचीदेखि महाकालीसम्म मात्र नेपाल फैलिएको कुरा असत्य लाग्यो । मेची पारी पनि नेपाली भूमि रहेछ । भारतमा पनि धेरै नेपालीहरू पुरानो जमानामा बसेको र जीवनयापन गरेको कुरा त मलाई थाहा नै थियो । हामी सबै मिलेर छिट्टै घर जाने नियतले गाडी छिट्टो गुडायौँ । यो यात्रा अविस्मरणीय र सुन्दर रहेको थियो । घर पुग्दा ६ बजेछ । आमालाई यात्राको सबै पल रमाउँदै भन्यौं आमाले खुसी हुँदै आजको दिनलाई नभुल्ने गरी आफ्ना शब्दहरूको बनोट मिलाई कापीमा लेख भन्नुभयो । आज बुवा र बहिनीसँगको यात्रामा साह्रै रमाइलो लाग्यो ।
बुद्ध स्मृति एजुकेशन फाउण्डेशन, कक्षा ९