याक्थुङ (लिम्बू) संघको जिल्ला अधिवेशन जेठ ७ गते विर्तामोडमा

0
38

बिर्तामोड ।

नेपाल लोकतन्त्रवादी याक्थुङ (लिम्बू) संघको जिल्ला अधिवेशन यही जेठ ७ गते विर्तामोडमा हुने भएको छ ।

नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेको सभापतित्वमा पार्टीका पदाधिकारी, क्षेत्र, प्रदेशसभा क्षेत्र, गाउँ/नगर समितिका सभापतिहरुको संयुक्त बैठकले आगामी जेठ ७ गते अधिवेशन गर्ने निर्णय गरेको हो । नेपाल लोकतन्त्रवादी याक्थुङ (लिम्बू) संघ नेपाली कांग्रेसको भातृ संस्था हो ।

बैठकले अधिवेशन सम्पन्न गर्नका लागि नेपाली कांग्रेस झापाका सदस्य धर्म लक्सम्बाको संयोजकत्वमा १५ सदस्यीय जिल्ला अधिवेशन तयारी समिति गठन गरेको छ । समितिका सदस्यहरुमा रतन थिङलावो, दिलकुमार नेम्बाङ, रमा लिम्बू, हर्क फियाक, राधा सुब्बा, मोहन माबो, मणिकुमार लिम्बू, मित्र साँवा, मुकेश लिम्बू, शेरबहादुर मादेन, अम्बर आङदेम्बे, सूर्य कन्दङ्वा, लक्ष्मी लिम्बू फुरुम्बो लगायत रहनुभएको छ ।

बैठकले पार्टीका क्षेत्र, प्रदेशसभा क्षेत्र, गाउँ/नगर, वडा समितिमा विभिन्न कारणले रिक्त रहेको पदपूर्ति गर्ने निर्णय गरेको सचिव कृष्ण हुमागाईले जानकारी दिनुभयो ।

बैठकमा उपसभापतिद्वय शेरबहादुर भट्टराई, केशवराज पाण्डे, सचिव कृष्ण हुमागाईं, सहसचिवद्वव कमल भण्डारी, कालेन्द्रप्रसादसिंह राजवंशी कोषाध्यक्ष जलकुमार गुरुङ, पूर्व सचिव प्रेम सम्बाहाम्फे, क्षेत्रीय सभापतिहरु इन्द्र बुढाथोकी, गणेश पोखरेल, जयनारायण शाह, महाधिवेशन प्रतिनिधि टिकाराज ढकाल, पार्टीको आर्थिक विभागका सदस्य मोहन निरौला, अजय शाहेवाला, प्रदेशसभा क्षेत्रीय सभापति, गाउँ÷नगर सभापति लगायतको सहभागिता रहेको कार्यालय सचिव जयकुमार दाहालले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here