यस कारण कम देखियो बाह्रदशीमा बेरुजु

0
314

बाह्रदशी , बाह्रदशी गाउँपालिकामा सबैभन्दा कम बेरुजु देखिएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ७२ औं वार्षिक प्रतिवेदनअनुसार झापाका १५ सथानीय तह मध्ये बाह्रदशी गाउँपालिकामा कम बेरुजु देखिएको हो ।
बाह्रदशी गाउँपालिकाको बेरुजु ७५ लाख ६ हजार रुपैयाँ मात्र छ । अर्थात ० दशमलब ६२ प्रतिशत रहेको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।
गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा जनार्दन निरौलाले कार्यभार सम्मालेदेखि नै बेरुजुलाई शून्य पार्ने नीति अबलम्वन गरेका थिए । पाथीभरा याङवरक गाउँपालिका ताप्लेजुङ्गमा रहँदा पनि बेरजु शुन्य बनाएका थिए ।
महालेखाको प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७९÷८० को बेरुजु ९४ लाख ६५ हजार थियो भने त्यस अघि आर्थिक वर्ष २०७८÷२०७९ को वेरुजु ६ करोड ९० लाख वेरुजु देखिएको बाह्रदशीमा वेरुजु शुन्य पार्ने नीति अवलम्वनका कारण बेरुजु रकम घटेको हो ।
झापाका १५ स्थानीय तह मध्ये गाउँपालिका तर्फ कचनकबल गाउँपालिकाको बेरुजु सबैभन्दा धेरै देखिएको छ भने नगरपालिका तर्फ मेचीनगरपालिकाको बेरुजु धेरै देखिएको छ ।

प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८०÷८१ मा कचनकबल गाउँपालिकाको बेरुजु रु ६ करोड ४३ लाख १ हजार रुपैयाँ पुगेको छ । यो कुल कारोबारको ४ दशमलब ५१ प्रतिशत हो।
महालेखा परीक्षकको प्रतिवेदन अनुसार मेचीनगर नगरपालिकामा सबैभन्दा बढी ६.११ प्रतिशत बेरुजु रहेको पाइएको हो । मेचीनगरमा २२ करोड ५६ लाख १२ हजार रुपैयाँ बेरुजु रहेको प्रतिवेदनमा उल्लेख छ ।
त्यस्तै तेस्रो स्थानमा रहेको बुद्धशान्ति गाउँपालिकामा ४.१० प्रतिशत अर्थात ६ करोड ४४ लाख ७२ हजार रुपैयाँ बेरुजु देखिएको छ ।
बिर्तामोड नगरपालिकाको ३.२४ प्रतिशत अर्थात १० करोड ५५ लाख २८ हजार , भद्रपुर नगरपालिकाको २.९८ प्रतिशत अर्थात ६ करोड ३० लाख ५६ हजार , शिवसताक्षी नगरपालिकाको १.७६ प्रतिशत अर्थात ३ करोड ९७ लाख ९७ हजार , अर्जुनधारा नगरपालिकाको ३.४४ प्रतिशत अर्थात ६ करोड ३७ लाख १९ हजार , कन्काई नगरपालिकाको २.७९ प्रतिशत अर्थात ४ करोड ४१ लाख ४२ हजार , गौरादह नगरपालिकाको १.९२ प्रतिशत अर्थात ३ करोड ९७ लाख ३८ हजार , दमक नगरपालिकाको १.२७ प्रतिशत अर्थात ४ करोड १ लाख ८ हजार , गौरीगञ्ज गाउँपालिकाको १.५२ प्रतिशत अर्थात १ करोड ९६ लाख ३७ हजार , कमल गाउँपालिकाको १.९३ प्रतिशत अर्थात ३ करोड ७७ लाख ३८ हजार , झापा गाउँपालिकाको १.०२ प्रतिशत अर्थात १ करोड १५ लाख ३१ हजार र हल्दिवारी गाउँपालिकाको ३.२१ प्रतिशत अर्थात ४ करोड ३७ लाख ३४ हजार रुपैयाँ बेरुजु रहेको छ । अघिल्लो वर्ष सबैभन्दा बढी बिर्तामोड नगरपालिकाको र सबैभन्दा कम झापा गाउँपालिकाको बेरुजु रहेको थियो ।
महालेखा परीक्षकको प्रतिवेदन अनुसार, नमिलेको कारोवार, प्रमाण नपुगेको लेखा वा असूलउपर गर्नुपर्ने रकमहरू बेरुजुमा गनिन्छ। प्रतिवेदन अनुसार झापामा ८७ करोड रुपैयाँ बढी वेरुजु देखिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here