बुद्धशान्ति ।
सिद्धेश्वरी महिला सरोकार केन्द्र अर्जुनधारा–११को आयोजना र बुद्धशान्ति गाँउपालिका–१को आर्थिक सहयोगमा १० दिने आधारभूत नौमती बाजा बजाउने तालिम सोमबारदेखि शुरु भएको छ ।
होक्सेस्थित आनन्देश्वर शिव पाञ्चायन मन्दिरको सभाहलमा केन्द्रकी अध्यक्ष मिलन भट्टराई प्रधानको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमको प्रमुख अतिथि वडाध्यक्ष अनिल वाग्लेले उद्घाटन गरेका थिए ।
सहजकर्ताद्वय केन्द्रकी सदस्य शान्ता दाहाल र कमल परियारले सहजिकरण गर्ने तालिममा ४६ जनाको सहभागिता रहने बताइएको छ । स्थानीयस्तरमा रहेका महिलाहरुलाई सीप प्रदान गरि आत्मनिर्भर बनाउने उद्देश्यले सञ्चालन गरिएको तालिम सहभागीहरुको लागि फलदायी हुनेमा आफू विश्वस्त रहेको वडाध्यक्ष वाग्लेले बताए ।
कार्यक्रममा वडा सदस्य तुलसा खतिवडा रेग्मी, मन्दिर व्यवस्थापन समितिका अध्यक्ष बद्री काफ्लेलगायतले मन्तव्य राखेका थिए । केन्द्रकी उपाध्यक्ष दुर्गा पोख्रेलले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन दिव्य प्रधान र निहारीका गौतमले संयुक्तरुपमा गरेका थिए ।