बिर्तामोड ।
बिर्तामोडमा युवा लक्षित कार्यक्रम हुने भएको छ । वीरता जुनियर जेसीजको आयोजनामा फ्रीडम फाईसटा २०८२ ट्यालेन्ट हन्ट प्रतियोगिता हुने भएको हो ।
प्रतियोगिता जेठ २१ गतेबाट सञ्चालत हुनेछ भने प्रतियोगितामा गायन, नृत्य, कविता, स्ट्यान्ड–अप कमेडी लगायत कार्यक्रमहरु हुने वीरता जुनियर जेसीजका अध्यक्ष अस्मित गोसाईले जानकारी दिए ।
कक्षा १२ को परीक्षापछि युवामा भएको कला उजागर गर्ने प्ल्याटफर्म जूनियर जेसीजले प्रदान गर्न लागेको बताइएको छ । कक्षा ११ र १२ का विद्यार्थीले प्रतियोगितामा भाग लिन पाउने छन् ।
प्रतियोगितामा भाग लिनलाई गुगल फर्म जूनियर जेसीजको आधिकारिक फेसबुक पेजमा उपलब्ध गराइएको बताइएको छ । प्रतियोगितामा टप ३ लाई जुनियर जेसीजको ट्रफी र पहिलो विजेतालाई पाँच हजार रुपैयाँ पुरस्कार प्रदान गरिने बताइएको छ । कार्यक्रममा ब्रिज इन्टरनेशनल बिर्तामोडले प्रायोजन गरिएको हो ।
कार्यक्रममा अडिएन्स लाई ३०% अफ मुभी टिकट, ब्यान्ड परफर्मेन्स, जुनियर जेसीजको टिसर्ट लन्च, लकी–ड्र, गिफ्ट ह्याम्पर समेत रहेको छ ।
जुनियर जेसीज गट ट्यालेन्टलाई पूर्ण विराम दिँदै नेपाल जुनियर जेसीज क्षेत्र (क) मल्टीच्याप्टर ओरेटरी प्रतियोगिता पनि रहेको वीरता जुनियर जेसीजका अध्यक्ष गोसाईले जानाकारी दिए ।