योगेन्द्र योगी
बिराटनगर,
कोशीका सांसदहरु चढेको गाडी मोरङको कानेपोखरीमा दुर्घटना भएको छ। झापाबाट विराटनगर आउंदै गरेको प्रदेश सभा सदस्यहरू चढेको गाडी मोरङको कानेपोखरीमा दुर्घटनामा परेको हो।
दुर्घटनामा परेका गाडीमा प्रदेश सभा सदस्यहरू नम्बर लाल धिमाल, राधाकृष्ण खनाल, मैयाँ श्रेष्ठ र विद्या चाम्लिङ सवार थिए । उनिहरू सबैको अवस्था सामान्य रहेको भएपनि गाडी भने पूर्णरूपमा क्षतिग्रस्त भएको छ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक (डीएसपी) खगेन्द्र खड्काले चलाएको गाडी विपरीत दिशाबाट आउँदै गरेको बा५च ३५२० नम्बरको कारसँग सांसद चढेको गाडी ठोक्किएको थियो । सांसदहरू कोसी प्रदेशसभाको बैठकमा सहभागी हुन विराटनगर आउँदै थिए ।