भिडियोमा जम्दै ओम क्षेत्री

0
443

नेपाली कलाकारिता क्षेत्रमा लागेको खासै धेरै समय भएको छैन नायक तथा मोडल ओम क्षेत्री लाई । नेपाली चलचित्र “कस्तो टेनसन्” मार्फत नेपाली चलचित्र नगरीमा प्रवेश गरेका ओमले चलचित्र “कशिंगर” र “तरंग” मा पनि अभिनय गरिसकेका छन् ।

स्थाई घर ओखलढुङ्गा भई हाल राजधानीमा ब्यबसाय गर्दै आउनु भएको छ । युवा क्षेत्री समाज नेपालको मध्यमान्चल अधक्ष्य समेत रहेका ओम पछिल्लो समय भिभिन्न मुजिक भिडियोहरुमा व्यस्त हुनुहन्छ । हालै राजधानीमा छायांकन गरिएको एक भिडियो “एति धेरै माया दिएको “गीतको भिडियोमा मोडल तथा नायक ओम क्षेत्रीले मोडल लक्ष्मी सिवाकोटी संग पानिमा हट रोमान्सको सिन दिएका छन् जुन दृस्य हाम्रो क्यामेराले कैद गर्न सफल भयो ।

यद्दपी ओमको यो पहिलो भिडियो भने हैन ,ओमले करिब दुई दर्जनको हाराहारीमा भिडियोहरुमा अभिनय गरिसकेका छन् । आगामी केहि दिनमा नै उक्त भिडियो बजारमा आउने बताए निर्देशक युवराज वाईबाले । ओमले भिडियोमा बोल्ड अभिनय गर्न निकै अफ्ठेरो हुने बताउंदै भने ” मैले चलचित्रको पर्दामा लभर ब्याए , एक्सन स्टन्ट सबै गरे तर भिडियोमा यो किसिमको रोल भने फरक र नौलो हो मेरो लागि । कलाकार भएपछी सबै किसिमको अभिनय देखाउन पर्ने भएकोले यस भिडियोमा म केहि पृथक भूमिकामा दखिएको छु ।

त्यस्तै यस फोटोमा देखिएकी फिमेल मोडल भने लक्ष्मी सिवाकोटी हुन् लक्ष्मी लाई यस भिडियोमा ओम जी संग काम गर्दा सजिलो भएको बताईं । उनि भन्छिन । “ओम जी संग काम गर्दा मलाइ नयाँ संग काम गरेको भन्दा नि सजिलो महसुश भयो , ओम जी संग काम गर्दा मलाई सजिलो महासुह भयो समग्रमा भन्दा ” । नेपाली चलचित्र “देवता” लगयात अन्य दुई चलचित्रमा अभिनय गरिसैकी मोडल लक्ष्मी सिवाकोटीले करिब आधा दर्जन बढी भिडियोमा अभिनय गरिसकेकी छिन । यस भिडियोमा सन्तोष लामाको आवाज शब्द सुरेश घिमिरे ,संगीत ठाकुरी प्रताप अब्दुलको रहेको छ । गीतलाई प्रबिण घिमिरेल खिचेका छन् भने सम्पादन टेकेन्द्र शाहको रहेको छ ।

 

20150323_124705

20150323_124833

20150323_124835

20150323_124845

20150323_124850

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here