कमल गाउँपालिका अध्यक्ष राईको तीन बर्ष

0
42

कमल ।

झापाको कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले गाउँपालिका अध्यक्षको कार्यभार सम्हालेको आज तीन बर्ष पुरा भएको छ ।

२०७९ को बैशाखमा सम्पन्न स्थानीत तह निर्वाचनबाट गाउँपालिका अध्यक्षमा निर्वाचित अध्यक्ष हुुकुमसिंह राईले ११ जेठ अर्थात आजकै दिनदेखि कमल गाउँ सरकारको प्रमुखका रुपमा कार्यभार सम्हालु भएको हो ।

पाँच बर्षे कार्यकालका लागि लोकप्रिय मतसहित अध्यक्षमा निर्वाचित राईले झापा जिल्लाका तत्कालिन न्यायाधीसबाट सपथ लिए संगै अध्यक्ष राईले तत्कालकालागी गाउँपालिकामा गरिने तीन वटा निर्णयमा हस्ताक्षरण गर्नु भएको थियो ।

पदभार ग्रहण गरे लगत्तै लिइएका निर्णयहरमा कार्यान्वयनमा अध्यक्ष राई सफल हुनुभएको छ । कमल गाउँपालिकालाई बालमैत्री स्थानीय शासन युक्त बालमैत्री गाउँपालिका घोषणा, स्वास्थ्य बीमासहितको कमल नगर अस्पताल सञ्चालन र गाउँपालिकाको प्रशासनिक भवन निर्माण गर्ने मुख्य तीन निर्णयमा हस्ताक्षर गर्नु भएको थियो ।

अध्यक्ष राईको नेतृत्वमा कमललाई कोशी प्रदेशमै पहिलो बालमैत्री गाउँपालिका घोषणा गरिसकिएको छ भने कमल नगर अस्पतालमा बीमासहितको स्वास्थ्य सेवा सञ्चालनमा रहेको छ । त्यस्तै कमल २ मा सञ्चालित तोपगतछी स्वास्थ्य चौकिलाई कमल नगर अस्पतालमा स्तर उन्नती गरी विशेषज्ञ डाक्टरसहितको स्वास्थ्य विमा सहितको सेवा सञ्चालनमा ल्याउन सफल हुनुभएको छ ।

कमल नगर अस्पतालमा छिमेकी पालिका लगायतका क्षेत्र बाट बार्षिक १० हजार भन्दा बढी सेवाग्राहीले सेवा लिने गरेको अस्पताल प्रशासनले जनाएको छ । अघिल्लो पाँच बर्षमा निर्माण हुन नसकेको गाउँपालिकाको प्रशासनिक भवन अहिले धमाधम निर्माण भइरहेको छ । हाल भवनको पहिलो तलाको काम सम्पन्न हुनलागेको छ ।

यस क्षेत्रकै बहुचर्चित र बहुप्रतिक्षित मानिएको कमल ५ लखनपुरमा अलपत्र अवस्थामा रहेको आदिवासी रंगशालाको कम्पाउण्ड धेरावारा गर्नेमा काम सुरु भएको छ । जसका कारण रंगशाला निर्माण हुन्छ भन्नेमा स्थानियको आशा जागेको छ ।

कमल गाउँपालिका भित्रका सामुदायिक बिद्यालयहरुको शैक्षिक सुधारका लागि गाउँपालिकाले नीतिगत पहल गरेको छ । गाउँपालिका भित्र सञ्चालनमा रहेका सबै सामुदायीक विद्यालयलाई एउटै मापदण्डका आधारमा रङ्गरोगन गरिएको छ ।

त्यस्तै बिद्यालयका कक्षा कोठाहरु प्रविधि मैत्री भएका छन् भने सीसी क्यामेराको प्रयोग गरी विध्यालयको सम्पुर्ण रेखदेख आफ्नै कार्यकक्ष बाट गर्न सकिने गरिको प्रविधीको समेत सुरुवात भएको छ ।
बिद्यालय क्षेत्रभित्र राजनीतिक गतिबिधिहरुमा रोक, बिद्यार्थीलाई घुम्ती नृत्य प्रशिक्षण, हरेक विध्यालका विध्यार्थीको स्वास्थ्य परिक्षण, युवाहरुकालागी ठाउँ ठाउँमा फुटवलर भलिबल, खेलको प्रशिक्षण सञ्चालन रहेका छन् ।

कृषि क्षेत्रमा आफ्नै ब्राण्डको कमल अग्र्यानिक मललाई विकेन्द्रिकृत गर्दै किसान सम्म पुरयाइरहेको छ भने किसानलाई प्रोत्साहनका लागि उत्पादनका आधारमा सोझै किसानका हातमा नगद अनुदान पुरयाउने , सिचाइँको पचास प्रतिशत बिद्युत महसुल तिरिदिने लोकप्रिय कार्यक्रमहरु अघि बढाएको छ ।

गाउँपालिका भित्र सडक, पूल कल्भर्टहरु, भवन आदिको भौतिक पूर्वाधारको गुणस्तरका लागि कटिबद्ध भएर उत्रिएका अध्यक्ष राईले सुशासनका लागि भ्रष्टाचारमा शुन्य सहनशीलताको नीति लिएका छन् ।
सिमित स्रोत साधनका बाबजुद गाउँपालिका भित्र यहाँको सामाजिक बिकाससँगै सडकहरु र सार्वजनिक क्षेत्रको सौन्दर्यकरणमा पनि ठुलो फड्को मारेको देखिन्छ ।

अध्यक्ष राइृकै पहलमा गाउँपालिकाका भित्रका विभिन्न ४० स्थानमा हाल सम्म ठुला खाले सडक बत्ती जडानमा गरिएको छ । श्रमदान मार्फत गरिएको सडक सौन्दर्यकरणको कामले पाडाजुँगी–मंगलबारे–गौरीगञ्ज सडक अन्तर्गतको लखनपुर खण्ड व्यवस्थित र आकर्षक बन्दै गएको छ । अध्यक्ष राईको पाँच बर्षे कार्यकालको आधा समय बित्दै गर्दा वहाको कुशल र सक्रिय नेतृत्वले समृद्ध कमल निर्माणको गतिलाई अपेक्षाकृत रुपमा अघि बढाउन सफल हुँदै गएको रुपमा लिन सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here